Wednesday, October 5, 2011

Subjective Expressions RRS

Subjective Expressions
RRS
 
Yubaraj Nayaghare is an illustrious essayist of young generation of Nepali literature. With seven books to his credit, Nayaghare have won many awards such as Rastriya Pratibha Puraskar, International Nepali Literary Society, Best Book Award and Shankar Lamichhane Yuba Nibandha Puraskar. He has invented a distinct style of writing, in which he plays with words and expresses his personal views like a soliloquy method of drama. Like Montaigne and Lamb, Nayaghare picks ordinary things and starts analysing them in an intellectual fashion. In his essays, action moves very slowly. It is delayed by speculative ideas of the essayist. While being occupied in self-reflection, he also communicates his ideas to the readers.
Ek Hatko Tali (Clap With One Hand) is his seventh work. It has 23 essays, which deal with social anomalies, human helplessness and predicament. The essayist has poked at political and cultural hypocrisy.
Athar Hajar Jabo (An Insignificant Amount of Rs. Eighteenth Thousand) offers a brutal satire on human value. Everything is getting expensive nowadays but life is becoming very cheap. The essayist talks about the absence of strong law to punish cruel drivers who can crush a pedestrian to death and escapes the jail-term by merely paying a fine of Rs. 18,000. Here Nayaghare encounters with a rough and rowdy teenage driver, who drives a microbus carelessly in the crowded road of Kathmandu. The foul-mouthed driver every times scolds the innocent passers-by as they cross the road. He fixes their price at Rs. 18,000.
"You poor guys! You are near the door of death. I will kill you and get rid of you by paying Rs. 18,000," he bursts out as the pedestrians walk down to reach the other end of the road. Nayanghare is sitting beside him. These horrible remarks make his hair stand. This pushes Nayaghare to ponder over how worthless the human life is at the hands of callous driver. The restless essayist asks him as to why he is so hurried and losing temper. The driver makes a blunt yet a painful reply: "Tomorrow, I will get license and this evening I have to throw a party to a traffic hawaldar (sergeant). Then, should I not be hurried?"
In ‘Let’s Meet in Curfew,’ the essayist takes the readers to the popular April Uprising when hundreds of thousands of people took to the streets against the guns and tanks. The writer depicts the unparallel unity and solidarity of the Nepalese people to topple the despotic ruler. No matter how powerful the dictators are, they have the feet of clay and should surrender before the people’s power. This is what the message of the essay the writer wants to convey to his readers.
Ek Hatko Tali, which is also the title of the book, is satire on the politicians. The plot of the essay is written against the backdrop of referendum in 2036 BS. Here is a live character named Nyangrunge Katawal, who is a witness to history. He runs a teashop at the corner of Ratna Park. People are pouring in to take part in the processions and chanting slogans demanding political freedom and democracy. Katwal is very busy. He uses his one hand to serve the tea to the clients, mostly the political cadres and another hand for clapping to the speeches and slogans of the leaders. This is a unique scene. There occurs many political changes but there is no change in the life of Katawal. In the cold winter, he serves hot tea to many leaders, who delivered their fiery speeches in Tudikhel but these leaders have forgotten Katawal. He is now a neglected character.
This and other essays highlight the various facets of human life. Readers find essayist’s subjective expressions in the book.
In many of them, he is absorbed in the philosophical pondering. Readers may be delighted from the essays from cover to cover. They are experimental, critical and analytical. The book is expected to add a new dimension to the Nepalese essay writing.

Tuesday, October 4, 2011



Wow!Himal - Yubaraj Nayaghare

The himals came out of this mind.
From which point should I start to watch the himal? Which is the point of reference to understand the himal? How can I understand the completeness of the himal? Thus emerge one after another the snowy peaks of desire. Himal, my dear himals, himals, my lovely himals.
The old royal palace seated crowdedly on the northen mound of Gorkha. Washed thoroughly in sweat, we stepped on the top of that mound. The sweating we had experienced before was now exchanged with coolness. Glancing at different things our eyes moved towards the north. And the heart also shifted towards the mountain range of the north.

Monday, October 3, 2011

Rustic diction

Master essayist Yubaraj Nayaghare’s latest delivery, Ghamko Chumban, is in the market and has received various preliminary reactions. A collection of travel essays, it follows Anam Pahadma Phanphani, his work of the same genre that came out in 2006. In between, Nayaghare published Ek Haatko Taali, a collection of essays that won him the prestigious Madan Puraskar. 

Ghamko Chumban contains 23 travel essays that give an almost photographic representation of many different places throughout the country—both on land and in the air-that the author had been to. Continuing with his salient style that bears the timbre of country dialect and rustic diction, the author presents a highly sophisticated addition to the genre of non-fiction, retaining poetic traits and qualities of a good narrative. 

घामको चुम्बनले देश चिनाउँछ – युवराज नयाँघरे

निबन्धकार युवराज नयाँघरेको नवीनतम् नियात्रा संग्रह हालै बजारमा आएको छ – घामको चुम्बन । निबन्ध र नियात्रा लेखेर कहिल्यै नथाक्ने नयाँघरेको प्रस्तुत कृति निकै नै चर्चित भएको छ पाठकमाझ । २०६५ सालको मदन पुरस्कार बिजेता नयाँघरेको नियात्रा लेखनबारे र घामको चुम्बनको सेरोफेरेमा गरिएको कुराकानी प्रस्तुत छ ।

युवराज नयाँघरेको बाल्यकालको कथा

युवराज नयाँघरे वरिष्ठ साहित्यकार हुन् । यिनले भर्खरै वर्ष २०६५ का लागि मदन पुरस्कार पाएका छन् । यो पुरस्कार नेपाली साहित्यको सबैभन्दा ठूलो पुरस्कार हो ।
वि.सं. २०२६ सालमा इलाममा जन्मिएका नयाँघरे निकै राम्रा निवन्ध र यात्रा संस्मरणहरु लेख्छन् । उनका निबन्धका ६ वटा र यात्रा संस्मरणको एउटा गरी ७ वटा कृतिहरु प्रकाशित छन् । 
नयाँघरे नेपाली निवन्धलाई सरल, रसिलो र पढ्दा मज्जा आउँने गरी लेखेर पाठकमाझ आकर्षण बढाउँन सफल लोकप्रिय लेखक हुन् । उनको पछिल्लो निवन्ध कृति 'एक हातको ताली' बाट उनले मदन पुरस्कार पाएका हुन् । यो पुरस्कार बाहेक उनले राष्ट्रिय प्रतिभा पुरस्कार, उत्तम शान्ति पुरस्कार, मोती पुरस्कार, अर्न्तर्राट्रिय नेपाली साहित्य समाज उत्कृष्ट पुस्तक पुरस्कार (अमेरिका), शंकर लामिछाने युवा निवन्ध पुरस्कार, भूपालमान कार्की युवा साहित्य पुरस्कारलगायत थुप्रै पुरस्कार र सम्मानहरु पाएका छन् । उनको निवन्ध त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा पढाइ हुँदै आएको छ । 
अमेरिका, जापान, सिंगापुर, भारत, भूटान र नेपालका ६० जिल्लाको भ्रमण गरेका वरिष्ठ लेखक नयाँघरेको बाल्यकालको सम्झनालाई यस अंकमा प्रस्तुत गरेका छौं । उनी आफ्नो सम्झना सुनाउँदै भन्छन् 

इनरहार्बरको नयाँवर्ष - युवराज नयाँघरे

अबको केही घन्टापछि सुरु हुनेछ अर्को नयाँ वर्ष ! अर्थात् नयाँ वर्ष सन् २००८। हामी त्यहाँ महान् समयको उल्लास-उत्सवमा मिसिन पुगेथ्यौँ, डाउन टाउन। मेरील्यान्ड राज्यको मुख्य सहर बाल्टिमोर। यसै त सधँै हिस्सी पर्दो र गगनचुम्बी महलको सौन्दर्यले मोहनी लाउने बाल्टिमोर यतिखेर थियो, झिलीमिली उज्यालोले झकीझकाउ। साताभर िसास न बास भएर काम गर्ने अमेरकिीहरू नयाँ वर्षलाई छातीभर िथन्काउने चटारोमा देखिन्थे झन् व्यस्त।

हिउँ पर्ने र रोकिने क्रम चालू नै थियो। तैपनि, हावामा घोलिएको चिसो भने घटबढ भइरहेको थिएन। छालामा लिपिक्कै टाँसिन्थ्यो डिसेम्बरको ठिही। "दाइ ! भरे त टाउनडाउनमा मस्ती गर्नुपर्छ है," दीपले योजना सुनाए। "केटा हो, विशेष बन्दोवस्ती मिलाओ है," विक्रम खड्काको कुरो सुनियो। "भैहाल्छ नि !" सहमति थियो आभासको।

हिलेखर्कमा हाइसन्चो - युवराज नयाँघरे

भई त गयो बियाँलो †
अनेक परिबन्द मिलाउँदा मिलाउँदै ढिला भयो । छिम्काको लेकबाट विदा हुन साह्रै हम्मे प¥यो हामीलाई । धेरैतिर बिदावारी हँुँदाहुँदै ढल्किहाल्यो दिन ।
हिलेखर्क हिँडेर पुग्छु भन्नेहरूको ताइँ ढल्दो दिनले लिने भो मज्जैले । वरपरकाहरू सुनाइरहेथे दुरन्त खबर ।
छिम्काको लेखकमा मेलाको रौनक गम्किरहेथ्यो बेस्सरी । घन्किरहेथ्यो दोहोरी जमिरहेको थियो कौरा, उर्लिरहेको थियो घाटु र छचल्किरहेको थियो छेलो । लेग्रो तानेर गुर्सिनीहरू झाम्रे गाइरहेकै थिए । मगर्नीहरू सेल पकाइरहेकै थिए ।
पाखाभरि कर्के नजरमा मोहनी साटासाट भइरहेकै थियो । ओठ टोकेर कटाक्ष चलिरहेकै थियो । तैपनि रोकिएनौं हामी । अडिएनौं हामी छिम्कामा ।
कसैगरी पुग्नु थियो हिलेखर्क ।
अघिल्लो दिनभरि हिँडिएथ्यो पासुँला बटारुन्जेल । आजकै बिहान पनि सँगै निकाल्ने उकाली र ओहालीमा तीनघण्टा मज्जैले ओहोरदोहोर गरेथेँ मैले पिडुँला फर्केथे बढ्ता हिँडेर ।


नया घरेको “घामको चुम्बन” -तेजकुमार श्रेष्ठ


निबन्ध विधाका वर्तमान पुस्ताका सशक्त हस्ताक्षर हुन् युवराज नयाँघरे । संवेदनाका स्वरहरू, मुहर्तको वरिपरि, मखुन्डाको मन, काठमाडौलाई कोर्रा ,नीलडाम, एक हातको ताली (मदन पुरस्कार प्राप्त) जस्ता निबन्ध कृति र अनाम पहाडमा फनफनी नियात्रासङ्ग्रह प्रकाशन गरेर चर्चाको शिखर टेसिकेका नयाँघरे घामको चुम्बन नामक दोस्रो नियात्रासङ्ग्रह लिएर पाठकसामु उपस्थित भएका छन् ।
यात्रा हरेक मान्छेको जीवनमा आइरहने प्रवाह हो । नयाँ ठाउँ, बस्ती, जीवन, परिवेश नियाल्न हरेक मान्छे उत्सुक रहन्छ । हरेक मान्छेका मनमा उत्साही छालहरू सलबलाइरहेका हुन्छन् । कसैले ती उत्साहरूपी सलबलाइलाई मनमा कुण्ठित पार्छन् त कसैले कृतिमार्फ प्रस्तुत गर्छन् । त्यही सलबलाइको परिणामस्वरूप नयाँघरेको घामको चुम्बन नामक नियात्रासङ्ग्रहको जन्म भएको हो ।

गद्य कौशलकोनमूना


अनाम पहाडमा फनफनी, २०६३
निबन्धकारः युवराज नयाँघरे
पृष्ठः १७९
मूल्यः रु.१४८

सङ्ग्रहका १७ निबन्धमा लेखकको सौन्दर्यमोहदेखि प्रकृति–चित्रण, सहयात्रीका आनीवानी र गफगाफहरूसँगै यात्राका जात्रा, रुञ्चे मौसम, कोदे चिन्तन माथिका घोत्ल्याइँहरू पनि छन्। उपमाका रोचक प्रयोगहरूले पाठकलाई बेग्लै स्वाद दिन्छन्। भकिअमिले छाती, भुकुर्चादे गाला, करविरे घाँटी, उरुङ्खात असिना, आपट्टे जङ्गल, लाछी बाटेजस्तो बाटो, चिसोले चोसो पसारेको दिन, भोग र भोकको द्वन्द्वका प्रसङ्ग त कति हो कति! बरालसिङ अनुभूतिहरूमा भेटिने 'सुन्दरता एक बित्तामा कि खितित्त खित्कामा?' जस्ता वाक्यांशमा आफ्नो शब्द–सामर्थ्य देखाइरहेका निबन्धकार नयाँघरे छैटौं निबन्धसङ्ग्रह अनाम... मा झ्नै जमेका छन्। 'कविता जस्तै लाग्ने भाषिक प्राञ्जलता' लाई समीक्षकहरूले जति सराहना गरेका छन्, किताब पढेपछि उनमा त्योभन्दा बढी विशेषताहरू भेटिनेछन्। यसका पात्र, चरित्रहरूमा पाठक स्वयम् समाहित भइरहेको अनुभूति दिलाउन सक्नु निबन्धकार नयाँघरेको खुबी हो।घुमन्ते जीवनको रमाइलो प्रस्तुति हो अनाम पहाडमा फनफनी। निबन्धकार युवराज नयाँघरेका यात्रा–संस्मरणहरूमा विवरणभन्दा बढी अनुभूतिका चास्नीहरू भेट्न सकिन्छ। नयाँघरेको यात्रा–अनुभूतिलाई गद्यकौशलको नमूना मान्न सकिन्छ, जहाँ अनुकरणात्मक शब्दावली र र्झ्रा वाक्यांशको सानोतिनो भण्डार भेटिनेछ।

अनाम पहाडमा फनफनी, २०६३ -


अनाम पहाडमा फनफनी, २०६३ -

निबन्धकारः युवराज नयाँघरे

पृष्�� ः १७९

मूल्यः रु.१४८

घुमन्ते जीवनको रमाइलो प्रस्तुति हो अनाम पहाडमा फनफनी। निबन्धकार युवराज नयाँघरेका यात्रा–संस्मरणहरूमा विवरणभन्दा बढी अनुभूतिका चास्नीहरू भेट्न सकिन्छ। नयाँघरेको यात्रा–अनुभूतिलाई गद्यकौशलको नमूना मान्न सकिन्छ, जहाँ अनुकरणात्मक शब्दावली र र्झ्रा वाक्यांशको सानोतिनो भण्डार भेटिनेछ।

नयाँघरेको ‘घामको चुम्बन’

- तेजकुमार श्रेष्ठ
निबन्ध विधाका वर्तमान पुस्ताका सशक्त हस्ताक्षर हुन् युवराज नयाँघरे । संवेदनाका स्वरहरू, मुहूर्तको वरिपरि, मखुन्डाको मन, काठमाडौँलाई कोर्रा, नीलडाम, एक हातको ताली (मदन पुरस्कार प्राप्त) जस्ता निबन्ध कृति र अनाम पहाडमा फनफनी नियात्रासङ्ग्रह प्रकाशन गरेर चर्चाको शिखर टेसिकेका नयाँघरे घामको चुम्बन नामक दोस्रो नियात्रासङ्ग्रह लिएर पाठकसामु उपस्थित भएका छन् ।
यात्रा हरेक मान्छेको जीवनमा आइरहने प्रवाह हो । नयाँ ठाउँ, बस्ती, जीवन, परिवेश नियाल्न हरेक मान्छे उत्सुक रहन्छ । हरेक मान्छेका मनमा उत्साही छालहरू सलबलाइरहेका हुन्छन् । कसैले ती उत्साहरूपी सलबलाइलाई मनमा कुण्ठित पार्छन् त कसैले कृतिमार्फत प्रस्तुत गर्छन् । त्यही सलबलाइको परिणामस्वरूप नयाँघरेको घामको चुम्बन नामक नियात्रासङ्ग्रहको जन्म भएको हो ।
तेइसवटा नियात्रा समावेश गरिएको प्रस्तुत कृत्रिमा प्राकृतिक सुन्दरताको अवलोकन, भौगोलिक विकटताको पहिचान, विविध धर्म, संस्कृति, समाज र देशप्रतिको आस्थाजस्ता विषय समेट्न र आपूmले देखेको, भोगेको अनुभूतिलाई यथार्थ रूपमा, सरल भाषाशैलीमा प्रस्तुत गर्न सफल छन् नयाँघरे ।

प्रस्तुत सङ्ग्रहमा हवाईजहाजबाट सगरमाथा नियाल्दादेखि फिक्कल, इलाम, पशुपतिनगर, जोगमाई, नौडाँडा, सराङकोट, बागलुङ, नवलपरासीको स्यालमाराघाट र बाघ, भालु, गैँडा बस्ने पटेर जङ्गल, लुम्बिनीको देवदह, गौतम बुद्धको मामाघर, चितवन राष्ट्रिय निकुञ्ज, काँकडभिट्टा, इटहरी, शनिश्चरे, भद्रपुर, पाल्पाको बाँसटारी, पाल्पाकै दमकडाबजार, माडीफाँट, राप्तीको पट्यारलाग्दो जङ्गल, काभ्रेको पाँचखाल, वीरगन्ज, सिर्सिया, अलौबस्ती, गण्डकनहर, कलैया, परासी, सिम्रौनगढको कङ्कालीमाई मन्दिर, सन्धिखर्क, जङ्गबहादुर राणाले तिब्बतसँग युद्ध लड्दाको ढुङ्नागढी र काठमाडौँको पूmलचोकी, जामाचो, नगरकोट घुम्दाको अनुभूति कलात्मकताका साथ प्रस्तुत गरेका छन् नयाँघरेले ।
नियात्राकार विभिन्न समयमा विभिन्न स्थानमा पुगेका छन् र तत्जन्य अनुभूति, विभिन्न यात्राको अनुभव, त्यसमा प्रस्तुत भएका अभिव्यक्ति, सन्दर्भ, त्यसको घटना विवरण, धार्मिकस्थलको महŒव, प्राकृतिक दृश्यहरूको सुन्दरता, आकर्षण नेपाली परिवेश, जीवनपद्धति, त्यहाँको विशेषता, यात्रावर्णनकै सन्दर्भमा नेपाली समाजमा देखा परेका अनौठा परिस्थिति, स्थानीय रहनसहन, समाज, संस्कृति, मान्छेसितको सम्बन्ध, चालचलन, विकास निर्माणका सम्भावना, गरिबीका कारण नेपालीहरूले भोग्नुपरेका समस्या, गरिबीकै कारण विभिन्न अवसरबाट वञ्चित हुनुपरेको अवस्था र छिमेकी मुलुकको हेपाहा प्रवृत्तिजस्ता विविध विषयहरूलाई समाविष्ट गरका छन् नयाँघरेले ।

कहालीलाग्दो भौगोलिक विकटतामा पनि प्रकृतिको मनोरम दृश्यावलोकन गराउने सामथ्र्य राखेर, प्रकृतिको मोह, मान्छेसितको आत्मीयता, ग्रामीण जनजीवनप्रतिको स्नेह र ममतामूलक समाजको परिकल्पनाजस्ता कुराहरूलाई प्रस्तुत गरिएको छ कृतिमा । यात्रामा विभिन्न जोखिम मोल्नुपरे पनि मानवीय मूल्य र मान्यताभित्र जीवनको सार्थकता खोज्न सफल छन् नयाँघरे । प्रत्येक रचना निश्चित गन्तव्यको खोजीमा गतिशील बनिरहन्छन् र निश्चित उद्देश्य बोकेर हिँडेको मान्छे यात्राबाट फर्कन हुँदैन भन्ने सन्देश दिन्छन् नयाँघरे ।

प्रस्तुत कृतिभित्रको ‘महाकालीमा छुटेको मन’ शीर्षक यात्रामा टनकपुर पुगेपछि यसो भन्छन् नयाँघरे, ‘कस्तो विलियो मन, कस्तो भक्कानियो हृदय, कस्तो कौलासियो छाती । हामी पानीविहीन बनेको देखियो त्यहाँ, हामी हेपाहालाई शिरमा लिएर बोक्ने निमुखा बनेको देखियो त्यहाँ, हामी नपुंसकहरूको कमारो देखियो त्यहाँ ।’ त्यसैगरी ‘टनकपुर घुमेपछि एक शब्द प्रेमको भएन, एक वाक्य खुसीको भएन र एक खित्का हाँसो ओठमा आएन’ भनी आफ्ना भावना व्यक्त गरेका छन् उनले । यस्ता कृतिहरू पछि पनि पढ्न पाइयोस् र अझ सशक्त सिर्जनाको प्रेरणा मिलोस् भन्ने कामना !

कृति : घामको चुम्बन
कृतिकार : युवराज नयाँघरे
विधा : नियात्रासङ्ग्रह
प्रकाशक : रत्न पुस्तक भण्डार, काठमाडौँ
संस्करण : प्रथम, २०६७
मूल्य : रु. २७५/–

घान्द्रुकसँग घम्साघम्सी

- युवराज नयाँघरे
सिङ्गो जिल्ला त एउटा टोल पो !
नयाँ पुलको अर्को नाम रहेछ, सल्ल्यान । राप्ती अञ्चलको सल्ल्यान जिल्लामा थिएनौँ—गण्डकीको एउटा टोलमा यतिखेर थियौँ हामी । पोखराबाट सँगै आएको नागबेली बाटो लर्कियो बाग्लुङतिर । हो, त्यहीँबाट बाटो छुट्टिँदो रहेछ ।
पुग्नु थियो घान्द्रुक ।
एक हुल साथीहरुको तामझाम यस्तो थियो, मानौँ ती सगरमाथा उक्लँदैछन् ।
धेरैले भरियालाई सामान बोकाएर फुक्काफाल भए आफू । लट्ठी लिए हात–हातमा । चस्मा सजाए आँख–आँखामा । अनि जुत्ता फेरे, पहाडी बाटो सुहाउँदा ।
मैले त झोला नि बोकाइनँ, लट्ठी नि बोकिनँ । केको तामझाम चस्माको ? अनि केको सजिसजाउ नयाँ जुत्ताको ?
उखर्माउलो थियो फागुनको घाम ।
बिहानको चर्को घामले शरीरमा इशारा दिइहाल्यो दिनभरि डाम्ने । गर्मीदेखि तर्सेर मैले लुगा फुकालेँ । तर भाङ्ग्रा खापेका गुरुङहरुको लर्को छँदै थियो मेरा वरिपरि । तिनका लुगाले गर्मायो मैलाई ।
ओहृाली थियो बजार ।
‘स्वागत राम्रै भइरहेछ !’
‘हो, राजकीय सत्कार हुँदैछ !’
मापाको घाममा खच्चडको लिदीको हरक सम्झेर भनेँ, राजेन्द्र शलभलाई ।
अनि हाँस्यौँ हामी । पश्चिमपट्टि बगिरहेको मोदी हाँस्यो झन् हलहली । उत्तर पसारिएको ढुङ्गेनी बाटो छपक्कै ढाकेर ठूलो हुल गइरहेछ गफमा पुर्रिएर ।
त¥यौँ धोती खोला ।
पुलका मुखैमा पातलो सप्कोले छाती कसेर सिस्नो केलाइरहेकी थिई गुरुङ्नी । उसले बल्ड्याङ्ग्रे आँखा पल्टाएर मलाई हेरी र सोधी—‘घाँटीमा बिल्ला लाएर गएको यो हुलले भात काँ खान्छ ?’
‘वीरेठाँटीमा !’
‘खाजा चैँ हाम्रामा खाइदिए कति राम्रो हुन्थ्यो !’
‘मेरो अरनखटन चल्दैन । के गरुँ म !
यतिन्जेलमा हाइजुङको उकालोमा थिएँ म ।
अब सोते बजार भेटियो । कफीका बुट्यान लस्करै थिए—खोल्सातिर । राताहरिया फल थिए झ्याम्म पोथ्रामा ।
मोदीपारिको देउपुरको पाखोमा भर्खर खनेको बाटै उक्लदैछ मरीतरी । अँहँ, सुहाएन है; कुमारी पहाडलाई मनपरी खनीखोस्रेको !
आँखासामु लुकामारी गरिरहेथ्यो ठूलो हिमाल । गोरागोरीसँग गुडुडु कुदिरहेका भरिया शान्त थिए बरु । तर लामघारे कैलाकैली थिए असिनपसिन ।
चिसो पहाडमुनि एकोहोरो थियो मोदीको गर्जन । पाउलिन लागेको वन पहाडका टुप्पातिर देखिन्थ्यो । खेत थियो तल...तलसम्म । खोलाको कम्मर भएर गएथ्यो सुलुलु बाटो ।
‘एक कुवारा !’
दैलामा बाख्राका पाठा मुसारिरहेकी एउटी गुर्सिनीले ठाउँको नाउँ बताई ।
‘कति लाग्छ घान्द्रुक पुग्न ?’
निधार पुछेँ मैले ।
‘तीन घन्टा !’
उसले पाठाका आँखाको चिप्रा पुछी ।
पानीले घाँटी भिजाएर म हिँडे । विदाइमा एक पसर मुस्काई ऊ । उसको मुस्कानले मलाई छिटो–छिटो पाइला सार्न सघायो ।
दाउरा सुकाएका लस्कर । छानाभरि मूला, इस्कुस र काउली सुकाएका देखिए । घरैपिच्छे अँगेना जोरिएका र खानबस्न पाइने सूचना देखिन्थे ।
दुई पहाडको चेपमा चेप्टिएर बाटो गइरहेछ उत्तरतिर ।
‘गजबको माछापुच्छ्रे बा !’
जानेहरुका बोलीले मेरा कान ठडिन्थे ।
अटुट थियो मोदीको गर्जन । थाप्लामा मडारिइरहेथ्यो घामको ताप । लिदीमा झुम्मिएका ससाना कीरा घरी–घरी मेरा नाक र आँखालाई डस्न हुर्रिन्थे । घिन, सिकसिकोसँगै अत्यास मडारिन्थ्यो छातीमा ।
छिरबिरे छायाँमा मोदीको दौड कति हो कति !
वीरेठाँटी पुग्दा भेटिए अरु चिनारुहरु । अनि भातका हार लागे हाम्रा अगाडि । भोक मज्जाको थियो, त्योभन्दा मस्तको थियो भोजन । खाइयो थपी–थपी ।
‘कुनै समय वीरबहादुरले बनाएको ठाँटी थियो, यस ठाउँमा !’
भाङ्ग्रा लाएका एक गुरुङले ठाउँको बयान गरे ।
नजिकै गाईभैँसीका गोठ देखिन्थे, भोजनमा दूधदहीको तुर्कोसम्म भित्रिएन । भान्सा नजिकै छङ्छङाइरहेथ्यो पहाडी खोलो, थालमा कुनै माछाको पुच्छर भेटिएन । हो, पहाडे पानीको खाना मीठो थियो निकै । तर तरकारी र चामल तराईकै थिए । मुखमा बस्यो वर्णसङ्कर स्वाद ।
एउटा ठूलै हुद्दा लर्केपछि अर्को टोली आएर भोजनमा डट्यो ।
‘अघि द्रव्य शाह, अब भाते शाह !’
हिँडने बेलामा जयदेव भट्टराईको बोली सुनियो ।
‘किन ?’
शलभले सोधे ।
‘अब लम्कन सकिन्न । भातले थिचिहाल्यो नि !’
कुराको चुराको खुल्यो ।
अघिसम्मको देब्रे मोदी अब बग्दै थियो दाहिने भएर । हामी त्यसैका ढाड भएर लम्किरहेथ्यौँ अनवरत । अगाडिको माछापुच्छ्े झन् नौलो रुपमा देखापथ्र्यो, फेरि छेलिन्थ्यो । लुकेको हिमाल खोज्न तुलबुलिन्थे आँखा मेरा ।
निकै लम्केपछि एउटा आँगनमा विदेशीले नेपाली टोपी लाएर पानी खाइरहेको देखियो । ढाका टोपीधारी विदेशीको फोटो निकै खिचे नयनराज पाण्डेले ।
‘हाम्रो राष्ट्रियता भोलि तिनले जोगाइदिने छन् !’
क्यामेरा मिलाइरहेका पाण्डेको बोली सुनेँ मैले ।
वास्तवमा हामी सबैका टाउकामा घाम छेक्न सजिलो हुने युरोपेली चुच्चे टोप थियो ।
तेर्छो थियो बाटो । मास्तिरको पहाड थुम्किएको लागे पनि भीर पछारिएको थियो जताततै । भीरमा उँधमुन्टिएका रुखले विरक्तै पारे । जरा बाहिरिएका र टुप्पा धस्सिएका थिए भुँइमा ।
आँखा फर्किए पहिरोबाट !
मोदीको छालमा सिमल फुलेको मोहक तस्वीर खुब देखिरहेथेँ म । वनभरि गुराँस र सिमल फुलेथे जताततै । हाँडीबाट उच्छिटिएका मकै जस्तै दशदिशा थिए घरहरु । पातला बस्तीमा गोरेटाको जालो थियो बाक्लै । घँसेनीका रित्ता डोका वन पसिरहेथे । उराठ र उजाड थपिँदै थियो वनमा ।
तिर्खाले किलकिलेमा अड्डै जमाइरहेछ ।
हिँडिरहेको छु एकलै । सँगै आएका अघि पुगे । पछि आएकाहरुले छोडेर गइहाले । जसो गरे पनि एकलाको एकलै !
घुम्तीमा देखियो हिमालको हिस्सिपर्दो रुप । बादलले पुछेर गएको हिउँचुलीमा नीलो आकाशले सिँगारपटार गरिरहेथ्यो ध्यानपूर्वक । म त अँगालिएछु हिमाली हार्दिकताले ।
‘नदेखिएको पाटो देख्न पाइयो !’
चूडामणि बन्धुले माछापुच्छे्रको सुन्दरतालाई नयाँ खाले लागेको बताए ।
कुरा सिद्घिउन्जेलमा छेलिइसकेथ्यो हिमाल । तल खोलातिरका रसिला खेतमा बाली सप्रेको देखिन्थ्यो । मास्तिर खोँचमा चरिरहेका देखिन्थे बस्तुभाउका लस्कर ।
एक हुल आयो ।
‘बूढाहरु भारी बोक्ने ?’
युवक छविरमणको कुरा सुनियो ।
‘तन्नेरीहरु अरुलाई भारी बोकाउने र लट्ठी लिने ?’
बूढा कन्हैयाले भने ।
हो, म बचेको थिएँ यसमा । लट्ठी थिएन हातमा । गहृुँगो झोला ढाडैमा टाँस्सिएको थियो मेरो ।
गर्मीले गालेको थियो । तेर्पे बाटोमा एकोहोरो चकमन्न भत्काउँथ्यो घरी–घरी लुँइचे बासेर । पसिनाले परेला भिज्थे पटक–पटक । घामले कुन जुनीको इबी साँधेको, हँ ?
बाटामा देखियो छातेघर । सियाँलको लोभमा अडिएँ मै पनि । एउटी गुराँसगाले डेनमार्के तरुनीका गाला थपथपाइरहेको कैला र सेता कपाल भएको एउटा अधबैँसे थियो ।
‘घान्द्रुक जाँदै हो ?’
मैले उसलाई सोधेँ ।
‘होइन, फर्कंदै !’
कैलीले उत्तर फर्काई अङ्ग्रेजीमा ।
क्यानको बियर घुट्काइरहेथ्यो कैलेले । मैले पानीको लाम्चो बोतल किनेँ ।
‘महँगो छ नि !’
मैले भनेँ ।
‘निकै चर्को छ । त्यसैले म त यसरी तिर्खा मेट्तै छु !’
अधबैँसेले यतिन्जेलमा तरुनीका ओठमा तीनचार पटक गोता मारिसकेथ्यो ।
मलाई लाग्यो, यो कुइरे त्यसै त स्वतन्त्र जातको । त्यसमाथि मन पगाल्ने झोल खाइरहेछ मस्तले । आऽ, छोड्दिउँ यसलाई ज्यान—चरनका लागि ।
नुहाइरहेछु पसिनैपसिनाले ।
एउटा ठूलो चट्टानमुनि मोदी नै पौडिरहेको ठानेँ मैले ।
‘यस्तो गर्मी छ ! खोलै नुहाउँदै होला !!’
बोल्छु एकलै ।
रैँदु गाउँमा थुप्रै नयाँ टहरा बनिरहेथे । पहाडको सुन्दरता भत्केर आधुनिकता आइरहेथ्यो चाल मारी–मारी ।
थकाइ मारिरहेका खच्चड थिए बाटोमुनि । भारी विनाका खच्चड एकअर्का माथि उक्लेर लाभ लिँदै थिए फुर्सदको ।
गुराँसका थुँगा लिएर साना केटीहरु बाटामा उभिए । साथीहरु मोलतोल गर्दै थिए । पारिका वनमा फुलेका गुराँस आँखामा सजाउँदै हिँडे म । यतिखेर पैसा तिरी गुराँस किन्नु सौन्दर्यमाथि अन्याय हुन्थ्यो !
किँजे गाउँ पुग्दा गलेर छेपारी दुख्न थालेथे । डुलुवाले थाकेँ, गलेँ भन्ने कुरा भएन । लम्कने योजना बनाएँ बिसाई–बिसाई ।
खाएको पानीभन्दा निक्लेको पसिना बढ्ता भइरहेछ । ज्यानमा ‘जलविद्रोह’ भए के होला ? ढक्क हुन्छ छाती ।
किँजे नजिकै छहरा थियो । ठूलो र छङ्छङाउँदो छहरामा नुहाएर फर्कियो तिर्खाएको मन । बाटो कुदिरहेछ उत्तरतिर । मलाई दगुराइरहेछ त्यत्तिकै ।
मोदीका हरेक छालमा हजार चित्र कोरिन्छन्, मेटिन्छन् । हिमाल, खोला, पहाडका घुम्तीमा समयका पृष्ठ फर्र पल्टिन्छन् मनमा । असीमित अर्थ र चित्र छन् ती पृष्ठमा ।
तेर्पे बाटोका दायाँबायाँ मकै थिए तीनचार पाते । तल खोलातिरका गरामा बर्खे धानको रोपो सरेको हरियो सुन्दरता आँखामा आउँदा शीतल हुन्थ्यो । राताम्मे सिमल फूलले जवानी ओर्लन्थ्यो मनमा ।
पुगियो लामाखेत ।
गर्मी थियो एकाहोरो उकालो लागेको । बाटबाटमा ह¥याकह¥याक गरेका खच्चरका बथान भेटिन्थे सियाँलमा । धर्ती नै धाप्पिएर फैलेको हो कि भन्ने लाग्थ्यो । वरपरका थुम्कामास्तिरको बादल फाटेर सेतोबाट नीलो भइरहेको लाग्थ्यो—आँखा तिरमिराएर ।
छिमरुङ पुगेर सुस्ताउने भेटिए ।
ससाना पसल थिए खुत्रुके तर सुकिला । ढुङ्गाको चौतारी थियो । थपक्क बसेँ म । पसिनाले सबै नुहाइसकेथेँ । आहालको भैँसी भइरहेछ ज्यान !
‘अब कति बेरमा पुगिएला ?’
‘लेखेरै दिन्छु, तीन घन्टा !’
डोको बिसाइरहेका भरियाले किटेरै भने मलाई । तीन घन्टा हिँडिसकेथेँ म । मिलिरहेकै थिएन यो ठोकुवा ।
वेगवान थियो तलको खोलो । यसो मोड जस्तो ठाउँमा भेडा जुधाइरहेका तन्नेरीहरु थिए, हल्लीखल्ली गरिरहेका । तिनले बाजी ठोकेर भनेको सुनिन्थ्यो—‘हार्नेले जितुवालाई बाकेर किलिउडाँडा दस पटक ओहोरदोहोर गर्नुपर्छ !’
चाउरी परेको ज्यान घिसार्दै छु म ।
तीनचार घर देखापरे स्याउली बजारमा । बाटा दायाँबायाँका रुखमा डोका झुन्ड्याइएको थियो । सुग्घरी मनको बोली थियो सूचनामा—‘मानवताको परिचय दिऊँ !’
उत्तिसको घारी आयो । पात झरेर उजाड घारीमा छायाँ खोज्दा दिन बित्थ्यो । लुरुलुरु लम्किरहेको छु, छु ।
लिदीको भकरान छ बाटाभरि । आँखामा बेतोडले पस्न खोज्ने लिदीका किरा आजित पारिसके । खच्चडका बथानले जित्छन् घरी–घरी । हत्तेरिका, कस्तो पिचासे बाटो !
सियाँल के होला भीरमा ?
त्यसमै बसेका भेटिए थुप्रै सँगीहरु । गलेर सासै जाने भएपछि नअडिने कुरो भएन त ! सहरका सुविस्ताभोगीहरु ढलीमली गर्थे, अहिले ताइँ देखिरहेथे भीरको छायाँमा । हुलमा केही ‘जी–हजुरी’ हिरिक्किएर पाइलै सार्न नसक्ने हालतका पनि भेटेँ मैले !
खोला र कलकल टाँसिएर बगेको देख्छु तल—मोदी ।
पानीको ढापैनिर जलबह मन्दिर देखियो । नीलारङ्गे किरा आँखा र नाकका पोरामा ठोक्किन्छन् घरी–घरी । हैरानमाथि हैरान !
पैतालामा पाङग्रा भए कति जाती हुन्थ्यो ?
कैँडा लागेको पाँसुला हेरी सान्त्वना दिएँ । बाटो अब झन् उकालो छ भन्ने सुनेपछि खुट्टै लुगलुगाएका छन् ।
चक्ला परेका खेत हेर्छु । नीला पहाडको सुन्दरता परेलीवरपर नाचिरहेकै छ । निख्खर कसिला गुर्सिनीहरुको हार्दिकता छाप्राका पसलमा पानी किन्दा झुसी–झुसी पाइरहेकै छु ।
मानिसलाई प्यारो मानिसकै माया !
‘घान्द्रुकै बगेर यतै आइदिए हुन्थ्यो नि !’
तुलसा बोल्छिन् । तिनी सकसमा छिन्, बरा !
अब तेर्छियो उकालो । सिमलका राता फूलका हाँगाबाट चिहाएर तल हेर्छु—आह, मोदीको मस्त जवानी । जल संसारको अलैकिक सौन्दर्य र शालीनता थियो त्यहाँ ।
मध्यघाम छ टाउकोमा । आँखामा यदाकदा आउँछ माछापुच्छ्रेको सेताम्मे चीसो । के गर्नु, गर्मीको काँढोले शरीर पाछेकोपाछेकै छ । आँखाले देखेको चीसो आइपुगेन ज्यानसम्म । ह्लासामा सुन छ, कान मेरो बुच्चैको हबिगतमा छु म ।
मान्छे भनेको जण्डको प्राणी । क्यै नछोड्ने जात प¥यो मान्छेको । ठाउँठाउँमा ढुङ्गा फोरी खेत बनाएको देखिन्थ्यो ।
‘ठ्याम्मै तीन महिना भो !’
ढुङ्गा फोर्न आगो बालेर बसेका कप्तानसिंह गुरुङले भने ।
‘ज्यानमारा, वनमारा, बगलीमारा, भाइमारा सबथोक बन्न सजिलो । तर ढुङ्गामारा बन्न साहृै कठीन !’
कप्तानले घन चलाउँदै भने ।
बाटो नाप्न थालेँ । भाक, थकान र तिर्खाको चेपाचेपलाई ढिम्किनै दिइरहेको छैन म । रुद्रघण्टीमुनि नै दबिएका छन् ती मागहरु, ती नाराहरु, ती स्वरहरु ।
मोदी उर्ली–उर्ली बगिरहेछ तल । मास्तिर प्याकप्याकी छन् खेतका गराहरु । गराका आलीमा पटपटी फुटेको धर्ती हेरेर खिन्न बूढाहरु उभिएका छन् । योजना, विकास, निर्माण र समृद्घि नपुगेको विरक्ति देखिन्थ्यो बूढाका खुम्चेका निधारमा ।
एक ठाउँमा पहिरो पन्छाउनेहरु भुत्भुताउँदै थिए—‘ऊ खस्छ, हामी पन्छाउँछौँ !’
‘यो त पहाडको रीतै हो नि !’
मैले सान्त्वना दिएँ ।
‘तपार्इंहरु नआइदिए, हाम्रो खैरियत छैन नि !’
उत्तर सुनेँ ।
किलिउबजारमा थकाइ मारियो मज्जैले । एकजना रौसेले गीत गाएर सबैलाई रमाइलोमा भुलाए । पानीले आँत चिसियो । मैले जीउ फालेर गीतमा बग्न दिएँ शरीरको रगतलाई ।
अब सुरु भयो डरलाग्दो उकालो । ढुङ्गेनी उकालोका दायाँबायाँ थिए ढुङ्गे छानाका घरहरु । पिडुँला बाउँडिए मेरा । घुँडा पिल्लिए मेरा । स्वाँ–स्वाँ बढेर छाती पट्ट फुट्ला झैँ भयो । आफ्नै जीउ जलगैँडा झैँ भयो मलाई ।
उफ, मर्लान्त भइयो ।
‘बाफरे, जेमराजै रै छ नि उकालो त !’
पछाडि थुप्रै छन् दम फुलाउनेहरु । घोडामा आउने पनि गिजोलिएका छन् । डोकामा बोकिएर आउने पनि झाँगलझुँगलिएका छन् । पैदलै आउनेको हबिगत त झन् चौपट । मुुटु नै फुट्लाजस्तो भइसक्या छ । सासै रोकिएलाजस्तो छ भीर कपेको उकाली ।
‘नेपालकै लामो बजार यो, स्याउली बजार !’
‘किन ?’
‘दुई घन्टादेखि यै नाम सुनिरहेछु म !’
सिँढीपिच्छे बोलिरहेछन् जयदेव र अमर । तिनको अनुमान सोहृै आना सत्य लाग्दैछ मलाई ।
ठाडै उकालीमा खुट्टा कामिरहेथे, आँखा तिर्मिराइरहेथे, कान गुम्म भइरहेथे । कन्पारामा एक डोको मयलले कालै पल्टेका केटाकटीले हात पसारे हाम्रा अघिल्तिर । हेरिनसक्नुका तिनका नाक, सिँगानका पाप्राले सानातिना पहाडै बनेथे ।
बिसाई–बिसाई उक्लेको छु ठाडो डाँडो ! गर्मी र घामको गठबन्धन छ बेहिसाब । मारमा परेँ म ।
घुमाउने चौतारी भेटियो किलिउ डाँडामा । डरलाग्दो उकालो यहीँ आएर केही मत्थर भो । फटाफट गए मसँगैका साथीहरु । मैले ज्यान पसारेँ चौतारीमा । आँखा चिम्लेर जीउको रगत बग्न दिएँ नसाभरि । चौतारीको चीसो हावाले बाप्फिएको जीउलाई सुम्सुम्यायो सुस्तरी ।
‘लौ, घोडैघोडाको ताँती !’
आँखा खोल्दा पो देखियो घोडाको लस्कर । सारा घोडाले घेरिएछु म त । तलबाट उकालिएको भीरदेखि टुप्पैसम्म घोडाको ताँती । किलिउडाँडाभरि परी–परीका घोडा । अब तिनलाई नाघेर जाने आँट आएन । अँहँ, पटक्कै आएन ।
नजाऊँ साथी गइसके । जाऊँ छेकिएको छ बाटो । थुतुनाले टोक्लान् भन्ने डर, लात्ती बर्साउलान् भन्ने अत्यास । सकेदेखि घोडाको टाङमुनिबाट छिरेरै जानु हुन्थ्यो ।
कस्तो घानमा परेछु म त !
निकै बेरपछि मास्तिरबाट आएका घँसेनीले घोडा धपाएर बनाएको समात्दै मै पनि उक्लिएँ लुइँलुइँ ।
तीनचार घरबाहिर डरलाग्दा भोटे कुकुर थिए । साङ्लै चुडाउँला झैँ ती चँुइकेर भुकिरहेका थिए । लाग्थ्यो, थर्किरहेको छ भुँइ नै । त्यही भुँइ टेकेपछि के भो होला मेरो गति ?
घुमाउरो बाटोमा भेटिए केही चिनारुहरु । उकालीमा झन् गाहृो भइरहेछ । फेरि देखापरे नानीहरु ।
‘दाइ पैसा दिनु न !’
‘किन नि ?’
‘कपी किन्न !’
‘नदिँदा के हुन्छ ?’
‘हिस्स हुन्छ !’
मैले दुईको नोट दिएर विदा गरेँ । ती हाँसे, हिस्सिएनन् ।
एकदमै चुलिएको थुम्को लाग्यो किलिउडाँडा । वरपर सबै देखिने । छोडेर आएको बाटो तन्किएको लाग्दैछ । मोदीको मुहुनी झनै मीठो । दक्षिणपट्टिको डाँडो आपट्टे छ त्यसै–त्यसै ! लान्द्रुकतिर छरिएका गोरेटा बाक्लै छन् । झुरुप्प बस्ती बढ्ता देखिएका छन त्यतातिर ।
घान्द्रुक गाविस सुरु भएको जानकारी पाइयो ।
चौतारी जोडिएको घर टेकेँ । टार भनिदिए पनि हुने ठाउँ । पूर्वपट्टि चकलादार खेतैखेत थिए । गरामा चरिरहेथे भैँसीका बगाल । साना केटाहरु भकुण्डो खोसाखोसमा लडिरहेथे । तिनको असिनपसिनले थप गलेँ म ।
थकाइ मार्न पाउने समय खोजिरहेछु म । अरुहरु घोडा चढेर तस्वीर खिच्ने तँछाडमछाडमा लागेको देखेँ । ध्याउन्न आफ्नो–आफ्नो !
उकालीमा फेरि भेटिए भुराभुरी ।
‘कापी किन्न पैसा दिनु न !’
अग्ले केटोले भन्यो ।
‘कलम किन्न पैसा दिनु न !’
सानी केटीले स्वाँक्क सिँगान तान्दै भनी ।
मैले तिनका अनुहार पढेँ । खुट्टामा जुत्ता थिएन । आङका लुगा धरा भइसकेथे । जिङ्रिङ्ङ थिए कपाल । मुखमा चार बाक्सी मयल । नङ थिए तीनबित्ते फोहोरी ।
‘तिमीहरु कति–कतिमा पढ्छौ ?’
मैले सोधेँ ।
‘म त दसमा !’
सानी केटीले चम्केर भनी ।
‘म त तीनमा !’
केटोले नि गम्केर भन्यो ।
‘हैन, उमेर मिलेन त । उल्टो पो भयो कि ?’
मैले खारेँ ।
एक अक्षर नपढेका ती केटाकेटी झगडा गर्न थाले । कसैले घोकाएको कुरा बोलेका रहेछन् । हामीले परैबाट सुन्यौँ—
‘मैले भन्नुपर्ने किलास तैँले किन भनेको ?’
जर्खरिदैँ थिई केटी ।
‘मेरो किलास मैं भन्छु, अबदेखि तँ नभन्नु !’
रन्किदैँ थियो केटो पनि ।
म हाँसेँ तिनको चालामालामा ।
किम्चे पुग्दा निकै तल ओर्लेथ्यो घाम । तेर्छिएको उकालोमा पानी खाएपछि सोधेँ मैले—‘अब कति टाढा छ ?’
‘तीन घन्टा पक्का !’
बिहानकै उत्तर सुनियो अहिले पनि ।
दाहिने पट्टिको भित्तामा लेखेको देखियो—‘चार हजार दुई सय बाउन्न पाइलामा घान्द्रुक पुगिन्छ !’
तर आश थिएन हामीलाई ।
माछापुच्छे्र मात्र थियो । अरु कुनै हिमालसँग अँगालिन पाएनन् आँखाले । फुस्का डाँडा र पाउलिएका वनको रमाइलोले तान्थे घरी–घरी । बिहानको भोजनको कुनै थोपोसम्म थिएन भुँडीमा । बेलाबखतको पानी पाउथ्यो पेटले । त्यही थियो सबथोक ।
सबैका घाँटीमा एकै खाले बिल्ला थिए—‘नेपाल बाल साहित्य समाज, २०औँ वार्षिक सम्मेलन । २०६६ फागुन २४–२५ ।’
बाटबाटका मान्छे हाम्रा बिल्ला पढेर सोध्थे । त्यसो त पर्यटकीय ठाउँ भएकाले यस्ता समारोह भइरहने खबर सुनाएकै थिए तिनले । यो भेला चैँ अलिक बेग्लै खालका मान्छेको हुलले भरिएको आलो कुरा सुन्न पाइरहेथ्यौँ हामी ।
कालिकोटका कालीबहादुर शाही औधी रमाइला रहेछन् । युद्घले कक्रिएको कर्णालीका कहालीलाग्दा कथा बाटाभरि कहे तिनले ।
एक ठाउँमा एउटा बट्टा भेटियो ।
‘एइ, यो त ग्रिनेड हो !’
ती हातमा लिएर आत्तिए ।
धुलो पुछेर हेर्दा थाहा भो, नङ पालिसको बट्टा पो रै’ छ । धेरै जसो हाँसे तर युद्घको धङधङी भेटेँ मैले त्यस क्षण ।
किम्चेको पुछारबाट तल हेर्दा देखियो—निकै रमाइलो दृश्य ।
‘हेर्नुस् समस्या !’
‘गाउँ बग्ला भनेर डोरीले बाँधेको !’
बन्धुले देखाए ।
बिजुलीका लट्ठा झोलिँदा त्यस्तो अनौठो दृश्य देखिँदो रहेछ । वास्तवमा मास्तिर पहिरो र तल बाँध बाँधेको झैँ हाम्रा आँखाले बुझे ।
तर्पाया उकाली सकिने बित्तिकै राजबहादुर विश्वकर्माको छाप्रे पसलमा भेला भयौँ सबै । निकै सफासुग्घर आँगन, पसल र घरगृहस्थीको संसार थियो त्यहाँ ।
‘घना रुख, घान्द्रुक !’
घान्द्रुक शब्दको अर्थ केलाए उनले—‘पैला–पैला घना रुख थिए त्यहाँ । अब त धेरै पातलिए । ठाँउ नि साटियो, नाम नि बेग्लियो !’
चलमलायो हाम्रो हुल बाटो लाग्न ।
‘अझै तीन घन्टा लाग्छ !’
विश्वकर्माले पनि भने ।
यो तीन घन्टाले छोेडेन कसैगरी । यो डाँडादेखि धेरै तलसम्म आइरहेको हाम्रो दल सबै ‘तीन घन्टे’ प्रहारले नराम्ररी घाइते भइरहेको छ, छ । कसैले पाइरहेको छैन मुक्ति ।
हजुर, तीनघन्टे मुक्ति !
कस्सिएर हिँड्नेमै गनिएको छु म । थोरै देखिने हिमालको चुम्बकले तान्न छोडेको छैन । मोदीको सुसाइ र वनको हलचलले दगुराउन छोडेको छैन । के यो मेरा पैतालाहरुको परीक्षा हो ?
अनेक घुम्तीहरुले नसुल्झिने जिज्ञासा तेस्र्याउँछन् ।
निकै तेर्छो हिँडेपछि फेरि भेटियो समथर बाटो । अनि टुप्लुकियो डरलाग्दो पहिरो । चाने पहिरोले थुप्रै घरबस्ती बढारेको देखिन्थ्यो । हजारौँ टनका ढुङ्गा, एउटा कुलकुलाइरहेको कुलेसोका बाटोछेकुवा भएर ठडिइरहेका थिए । पहिरोले निलेका खेत वैरागलाग्दा देखिन्थे । अजङ–अजङका रुखहरु पहिरोमा पुरिएर जरा ठडिएका थिए जताततै । रसिला खेतबारी मरङ–मरङ चपाएथ्यो निठुरी पहिरोले । एउटा अद्भूत लीला थियो यहाँ ।
निकै बेर लाग्यो चाने पहिरो छिचोल्न ।
थाकिएथ्यो अनि पहिरो पहिरोमै बिसाएँ आफूलाई । भोक, तिर्खा र बिसौनीको इच्छा थियो । तर यतिखेर तिनको चाहना गर्नु अमानवीय ठहरिन्थ्यो । चुपचाप लाग्नु नै मानवीय कर्म हुन्थ्यो ।
तेर्छो निकै कटेपछि टुप्लुकियो खामरुङ बराह मन्दिर । तीनचार घर थिए वरपर । घरमा चालचुल थिएन मान्छेको । हावामा हल्लिरहेका भोटे ताल्चाले सब खालको शून्यता दिइरहेथे ।
अँहँ घान्द्रुक अझै आएन !
अनेक रुप र व्यवहारका दाँवलहरुसँग मिलन र बिछोड भइरहन्थ्यो । छिनमा भेट हुने र छुट्टिने क्रम भइरहृयो मनग्गे । अझ कोरियालीहरुको एउटा बिछट्टै झिल्के समूहसँग भइरहेँ म अघिपछि । गुराँस सिउरेर राम्रिएका ती खुबै खुलेका थिए ।
धेरै कोरियाली युवतीहरु हाम्रा समात्दै भन्थे—‘तिम्ले घरजम ग¥यौ त ?’
‘तिम्ले मन राखेकी भए हामी नि तन्नेरी नै छौँ !’
हाम्रा कुरा कम बुझे पनि भाव बुझिछाड्थे ती । अनि हाँसो छरिन्थ्यो डाँडा, खोँच, थुम्का, चुली र वनैभरि ।
पहिरो सकिएर तेर्छो लाग्दा भेटिए पिर्थे सार्की । उनीसँग थुप्रै कुरा रहेछन् । असी नाघिसकेका उनले भने—‘पहिला–पहिला गोरा हिँड्ने गाउँ थियो यो । अब त आफ्नै दाजुभाइ गोरा झैँ धनी भइसके माराज !’
‘हामीले साँझ हिमाल हेर्न पाउँछौँ त ?’
‘नाइँ माराज, बाहृबजेपछि बादलले ढाकिहाल्छ नि । अन्नपूर्ण, हिउँचुली र माछापुच्छे्र मध्ये माछापुच्छे्र चैँ अलेली बच्छ—अरुलाई निल्छ बादलले !’
‘हामी कहिले हेर्न पाउँछौँ नि ?’
‘तीनबजे बिहानदेखि खुल्छ नि माराज !’
सार्कीसँग विदा भएर लम्केँ म । अँध्यारो बढ्नाले चीसो पनि ओर्लियो । पातलो सुइटर खापे मैले । वरपरको मौसम आइरहेछ बेग्लै भएर । तलको मोदी झन् गर्जेर सुसाएको सुनिरहेछु म ।
ढुङगे सिँढी छ उकालीमा । खुरुखुरु हिँडेर पनि नपुगिरहेको गथासो छ छातीभरि । डरलाग्दा चेप्टा चट्टान तल खोलाका किनारबाट मास्तिर मुख बाएर ठडिएका देखिन्थे ।
‘पहाडको बान्ता कालो हुन्छ कि क्या हो ?’
चारैतिरबाट ओर्लिरहेको अँध्यारो हेर्दै म बोलेँ ।
कतैबाट प्रत्युत्तर आएन ।
जङ्गल, खोला, पहाड र हिमालमुनिको अन्धकार आइरहेको लाग्थ्यो घोर चिसो र क्रुर भएर । खोँचबाट उम्लिएको कुइरोले अरु घिउ थपिरहेथ्यो चिसोलाई ।
तीनघन्टा भनिए पनि हामीले हिँडिसकेथ्यौँ नौघन्टा । बाटोले निलिसकेथ्यो हामीलाई । अझै पुगिएको थिएन । बिसाउन सकिएको थिएन ज्यान । झोलाझ्याम्टा थन्काएर शरीर तन्काउन पाएकै थिएनौँ ।
अन्तिम घुम्ती भेटिरहेको छैन म ।
उँभो लहरे वन थियो, उँधो सुसाइरहेको खोला । माझको भीर ताछेर बनाएको गोरेटोलाई नाप्दै थिएँ म । मोदीपारि अनेक बस्ती, घर र जनजीवनका चलखेल देखापर्थे । कताकति मान्छे दगुरेका, चिच्च्याएका र केटाकेटी रोएका ‘मनुवाकर्म’ पनि झल्याकझुलुकिन्थे ।
अनि राम्रै उकाली छिचोलेपछि देखाप¥यो बाक्लो बस्ती । अघिदेखि पातलिएर देखापर्ने हिमाल पुरै बिलायो । ढुङ्गेनी छानाका घरहरुमा रमाउन थाले हाम्रा आँखा । तल बेँसीदेखि लेकसम्म छिचोलिएका गरामा टम्म थिए मानव गतिविधि ।
निकै तलसम्म हिउँका तह देखिन्थे । मास्तिरको घेरो छोपिएको छ कुइराले । अरु त हिउँले खाएका थुम्का । काला गन्जीमा डटेका तन्नेरी झैँ छन् थुम्काहरु !
यसो कोल्टेजस्तो ठाउँमा अन्नपूर्ण संरक्षण आयोजना लेखिएको सूचना पढ्दै एकजना भरिया बोले—‘अब चै पुगिएको हुनुपर्छ !’
नभन्दै सँगै असिनपसिन भएर आउने सँगातीहरु विभिन्न कटेरातिर लर्किए । सफासुग्घर घरका आँगनमा फूलबारी र पराले छाप्राहरु देखिन थाले । लहरे कुर्सी र फूलदानी वरिपरि रमाइरहेका साथीहरु देखापर्न थाले झ्वासझ्वासी ।
दिनभरि शरीर गलाउने घाम बिलाएथ्यो । अबको रात कसरी बित्ला ?
पुग्न बाँकी बाटो थियो । पुगी नै सकेको तर टेकी नसकेको बसोबासको घरले उकुसमुकुस पारिरहेकै थियो । ओच्छ्यान, भोजनको खैखबरी चर्को थियो अरुको समेत । सबैको हैरानीमा मेरो मत पनि त मिसियो सरक्क !
भोटेको मानेनिर बाँडियो बाटो । त्यसकै मुखमा स्वागत गर्न उभिए किसम गुरुङ र प्रमोद प्रधान ।
‘बुद्घ होटेलमा बस्नु होला । तपैँहरु पाँच जनाको लागि गाँस, बास र कपास त्यतै छ !’
हामीलाई बिदावारी गरे प्रधानले ।
झमक्क साँझमा टेकियो बुद्घको आँगन । सामान थन्काएर जीउ पखाल्यौँ । अनि तातो चिया खोज्दै सिँढीतल झरेँ म ।
तरकारी केलाइरहेकी एउटी क्रोधी आइमाई केटाहरुलाई अहृाउपहाउ गरिरहिथी । भर्खर ब्याएको भैँसीले हरियो घाँस खान नपाएको वेदना पोख्तै थिई झर्केर ऊ ।
‘खोइ त हिमाल ? काला डाँडा मात्र पसारिएका छन् जताततै ।’
मैले बूढीलाई आफ्नो उपस्थिति जनाएँ ।
‘जुग सिद्घिएजस्तो छ नानी । पैला–पैला यै पिँढीसम्म हिउँ आउँथ्यो । अहिले त चारपाँच बर्ख भो आउन छोडेको । हिमचुली नि रित्तिइसके हिउँले ।’
गुरुङ्नीका ओठ बर्बराए ।
पारिका बस्तीमा बत्ती पिलपिलाए । मैले तिनबारे जान्न खोजेँ ।
‘मास्तिरको डाँडागाउँ, तिम्रोन, सिक्रीडाँडा, घान्द्रुकका छिमेकी गाउँ हुन् । मर्दापर्दाका भनुँम् न !’
खरो मिजासकी होटेल्नीको उत्तर सुन्छु ।
मास्तिर साथीहरुले नयाँ उखान कथेको सुनियो—
‘गुन्द्रुक खानु घान्द्रुकको
बाटो सोध्नु लान्द्रुकको !’
मैले चिया सुर्काएँ । आँगन तलदेखि फैलेका गरामा लहलहाएको हरियो गहुँबारीको बास लिएँ ।
‘खुब महँगो छ रे यहाँ त । एउटा अन्डाको कति नि ?’
मैले भाउ बुझ्न खोजेँ ।
‘नब्बे रुपियाँ !’
गुर्सिनीको भनाइले सातो गयो मेरो ।
यतिन्जेलमा साथीहरु तल आइसकेथे । कालो ओकलिरहेको रातलाई घान्द्रुकमा कुन ढङ्गले बिताउने भनेर मन्थनमा जुट्यौँ हामी । मन मात्र विराट् थियो, विशाल थियो र विशिष्ट थियो हाम्रो । खल्तीको अवस्था थियो पुरै कमजोर । अनि पो झस्केको !
मैले पश्चिमपट्टि अँध्यारोमा झिलमिल हुँदै गएको गुरुङगाउँ हेरेँ । अलिअलि देखिएको माछापुच्छे्रको बिजोगमा मन मरेर आयो ।
एकातिर चर्को मूल्य, अर्कोतिर रुखा डाँडाहरु । हत्तेरिका के छ र यो घान्द्रुकमा ? मान्छे किन ओइरिएका यहाँ ? यस्ता काला पहाड हेर्नै मुन्टेका यता ? बिछट्टै अमिलिएँ म त !
त्यसो त पिर्थेले भनेथे—‘माराज, तीनबजे बिहानदेखि तीन चुलीको रुप देख्न पाइन्छ । सुनजस्ता हिमाल देखिन्छन् । चाँदीले धोएका तीन हिमालको उज्यालोले घान्द्रुकै झल्ल हुन्छ । माछापुच्छ्रे, हिउँचुली र अन्नपूर्णलाई आँखाले थेग्नै नसक्ने राम्री आइमाई हेरेजस्तो हेर्न पाइन्छ । छिनमै यी चुलीले सुनौला चोली फेर्छन् । सुकिला हिउँचुलीको मुहुनीले लट्ठै पर्छु म त, माराज !’
छैनन्, यतिखेर बयान गरिएका कुनै कुरा छैनन् । छैनन्, यतिखेर चर्चा गरिएका कुनै दृश्यका एक थोपा छैनन् । उदासीको भलबाढीमा बग्दैछु म । साथीहरुको पनि उही छ मुखमुद्रा !
अझ तीन दिन बस्नु छ हामीले यहाँ । हामी रित्तै भएर फर्कने भइयो त ? गुन्टा लिलाम हुने भए त हाम्रा ?
साथीहरुका कुरा सुनेँ । एकले अर्काका उदासी अनुहार एकनासले पढ्दै भनियो—
‘तलैबाट यसो जार, जर्किन ल्या भए नि हुने !’
नयन बोली ।
‘गल्ती भो गतिलैसँग !’
जयदेव वाणी ।
‘पछुतोका निम्ति नि केही खर्च गर्नै प¥यो नि !’
टङ्क विचार ।
‘समावेशी बनौँ !’
नयाँघरे वचन ।
अनि एउटै टेबल वरिपरि बसेर महँगो मेनु हेर्दै ततायौँ हामीले मधुरो साँझ । बाटो सम्झेर, नदी सम्झेर, उकालो सम्झेर, ओहृालो सम्झेर, भीर सम्झेर अनि आफ्नै धुलिएको सम्झेर तातो पानी सुर्कायौँ । बादलमा हराएको अन्नपूर्ण र माछापुच्छे्रलाई साक्षी राखेर मन ढुकढुकायौँ हामीले । हिउँचुलीलाई वरै तानेर पानी–पानी भयौँ हामी ।
अँध्यारो चर्र चिरेर छेवैको गुम्बामा मुरली बजिरहेथ्यो तिरिरी..........!

तपाईंको देशमा



युवराज नयाँघरे
कुदिरहेको रेलमा तीनजना नेपाली छौं ।
रेलभरि मान्छे छन् थरीथरीका । एशियाली, अफ्रिकी, युरोपेली आदि अनेक हुलिया बोकेका अनुहारको हुल छ रेलमा ।
होमराज आचार्य, डा.भट्टराई र म आमनेसामने छौं । हाम्रा आँखा जुधाइ कम भए पनि कुरा साटासाट भइरहेछन् निरन्तर । भर्खरै धोएर ल्याएजस्तो टिलिक्क सफा छ, रेड लाइनको रेल ।

भारतीयहरु थुपै्र छन् । त्योभन्दा बढी छन् हिस्पानिकहरु । होचा, काला कपालका, ठ्याम्मै नेपाली अनुहारका । अझ बढी छन् अफ्रिकन कालाहरु । निकै होहल्ला छ ती बसेको सिटमा । जहाँ काला त्यहाँ होहल्ला—सुनेको कुरा मिल्दैछ ।
हामी डुपन सर्कलबाट चढेथ्यौं । पुग्नु थियो सिल्भरस्प्रिङ । शुक्रबारको दिन—निकै भीडभाड छ । फेरि रातको बेला ।
अमेरिकामा शुक्रबारको काम सकेर दुई दिने छुट्टी मनाउन निस्किहाल्ने जीवनशैली रहेछ । शनिबार र आइतबार जमेर मस्ती गर्ने अनि सोमबारदेखि फेरि घँुडा धस्ने प्रचलन सबैका निम्ति संस्कार भएको पाएँ मैले ।
वासिङटन डिसीबाट मेरील्याण्ड गइरहेथ्यौं हामी । अश्वेतहरुको भीडभाड बढ्ता छ मेरील्याण्डमा । यसको प्रमाण रेलभन्दा अश्वेतहरुको होहल्लाबाट पाइन्थ्यो मज्जैले ।
‘म त आउने साता नेपाल जाँदैछु, डाक्टर साब कहिले फर्कने ?‘
फारागट नर्थको भीडमा रेल रोकिँदा मैले सोधेँ ।
‘तपाईंको देशमा आउन त पर्ने हो ! पहाडमा अलिकति खेतबारी छ । खोइ, त्यता पनि माओवादीले झण्डा गाडेका छन् रे ! हेरौं, यो अपार्टमेन्टको मोर्गेज तिरिसकेपछि मुक्ति पाइन्थ्यो कि ?‘
भट्टराईको अनुहारमा उज्यालो थिएन । बोलीमा कुनै खालको उमंग थिएन ।
रेल कुदेजस्तै लागिरहेको छैन मलाई । नहल्ली बादलमा सुलुलु गइरहेको आनन्दीमा रमाएको छु । एक–दुई मिनेटको फरकमा रोकिने सूचना प्रसारण हुन्छ र रोकिन्छ । अनि टिङ्लिङ्ङ गरी घन्टी बज्दै ढोका लागेको जानकारी हरेक स्टेशनमा सुनिरहेको छु म ।
सफा, सिनित्त र सुकिला छन् रेलका डिब्बा र सिट । कुनै फोहोरको सानो अंश पर्यन्त देखिन्न । एकदमै आरामदायी लागिरहेछ यो मेट्रो ।
भित्तामा अडेसिएका होमराजका आँखा लोलाएका छन् । मेरो र भट्टराईको कुरा तिनी कति सुनिरहेका छन् ? घरीघरी ख्याल आउँछ । तिनका परेली ढप्किएका मात्र हुन्, कान खुल्लै छन् भन्ठान्छु म । चाल मारेर हेर्दै पनि छु ।
‘तपाईंको लेखन त सेलायो नि ?‘
मेट्रो सेन्टर पुगेपछि मैले खसखस पोखें ।
‘तपाईंको देशमा लेखेर पो कसले के लछारपाटो लगाएका छन् र ! मैले त्यतिका किताब लेखेँ न विश्वविध्यालयले सम्झना गर्‍यो, न एकेडेमीमै प्राज्ञ हुन पाइयो । रातोदिनको कचिङ्गलले भनेजस्तो लेख्नै सकिएन त्यो बेला । अहिले वर्षमा एउटा कविता डिसी घुम्दा लेख्छु, प्रसन्न हुन्छ मन !‘
डाक्टर साबले नेताजस्तो आक्रोस पोखे ।
वासिङटन डिसीलाई मुख्य फेरो मारेर ग्रिन, ब्लु, रेड, यल्लो, अरेन्ज गरी पाँचरङ्गे रेल कुदछन् । ती सबै लाइनमा भिन्न–भिन्न भूमि र परिवेशका यात्रु हुन्छन् ।
म आँफैले यी पाँचै लाइनका मेट्रोहरु चढेँ । अझ बढी चढेँ, अरेन्ज लाइनको मेट्रो । भर्जिनिया र वासिङटनको फेरो मार्दा ।
‘कत्तिको रमाइरहनुभा छ त डाक्टर साब ?‘
म सोध्छु, वर्षौंदेखि अमेरिकी नागरिक हुनुभएका भट्टराईलाई ।
‘तपाईंको देशमा मानिस दुखी मात्र छन् । बोल्नेहरुको जमात बढेकोबढेकै छ, काम चैं शून्य छ । के गर्नु ती सबै गफाडीलाई यहाँको राजनीति एक पटक सिकउन पाए !‘
डाक्टरभित्र आगो छ, बोलीले त्यसको साक्ष्य जनाइरहेको छ ।
म कुदिरहेको मेट्रोको चारैतिर हेरिरहेको छु । कसैले कसैलाई नछोई बसेका छन् । उभिनेहरु पनि आँफैमा निमग्न । धेरै जसो त पुस्तकमै घोत्लिरहेका छन् । मोटा न मोटा किताबले मुख छोपेर निदाउनेहरु छन् झन् बढी ।
मेरो छेवैमा एउटा अग्ले अश्वेत र रस्सियाली अनुहारकी किशोरी मच्ची–मच्ची गफ गरिरहेका छन् । गणितका सूत्रजस्ता लाग्ने किरिङमिरिङ अक्षरमा जोतिएर बोल्छन्, थाक्छन् र ओठ चुस्छन् । बेला–बेलामा हाम्रा कुरामा नि ध्यान दिन्छे किशोरी ।
झण्डाका स–साना स्टिकर छन् ठाउँ–ठाउँमा । अमेरिकी झण्डाका कलात्मक स्टिकरहरु । अनि त्यसकै तल्लो हारमा सबैले देखिने गरी लेखिएको छ– नो स्मोकिङ, नो इटिङ अर ड्ङिकिङ, नो एनिमल्स, नो अडियो, नो लिटर अर स्पिटिङ, नो डेन्जर्स अर फ्लेमबल आइटम्स् ।
हावामा बत्तिएजस्तो रेलको आवाज छ, पानी उम्लँदाको स्वाँऽऽ जस्तो !
‘डाक्टर साब, रोग लागेपछि त उपचार गर्न गाहृो पो रहेछ अमेरिकामा ?‘
अघिल्लो महिना रुघाखोकी र ज्वरोले सताउँदा थला परेको एउटा साथीले जिरापानी खाँदै नेपालकै डाक्टरसँग सम्पर्क गरी ओखती खाएको सम्झँदै सोधेँ मैले । मेक फेर्सन स्क्वाएरमा एउटी बूढी निकै बाक्ला लुगा लगाएर मेट्रो उक्ली । ऊ लाग्थी रोगीजस्ती ।
‘तपाईंको देशमा पैसा भई–भई मर्नेहरु कति छन् कति ! नेपालमा मान्छेको शरीर परीक्षण गर्ने भाँडो मात्र हुन्छ । लापर्वाहीको चरम नमूना हेर्नु परे अस्पताल गए हुन्छ । अस्पतालमा गएका बिरामी बाँचेर फर्किने चान्स बहुतै कम हुन्छ । सास राख्न हैन, थुतिमाग्न अस्पताल जान्छन् मान्छेहरु !‘
भट्टराई उग्रै रिसाएका रहेछन् । सात समुद्रपारि आउँदा पनि मत्थर भएनछ रिस ।
चाइनाटाउन पुगेपछि रेलमा अलिक बढी जापानी, फिलिपिनी, कोरियाली र चिनियाँमूलका मान्छेको सङ्ख्या थपियो । एउटी पातलो जामा लगाएकी युवतीले गलामा बुध्दैबुध्द अङ्कित माला लगाएकी देखियो । त्यसै–त्यसै रमायो मन !
उसका हातमा एउटा कलात्मक काठे माला थियो । त्यसलाई ऊ घरी–घरी ओठमा पुर्‍याउँदै, छातीतिर हुर्‍याउँथी । त्योतिर रस्सियाली युवतीसँग शास्त्रार्थ गरिरहेको काले बाङ्गिएर हेथ्र्यो ।
डिसीको मेट्रो सेवा यति व्यवस्थित छ—यो जहाँजहाँ रोकिन्छ, यसका दाँयाबायाँ प्रख्यात विश्वविध्यालयहरु छन् । अझ पर्यटकलाई सुबिधा होस् भनी मनोरञ्जन, यातायातका सम्पूर्ण व्यवस्थित अवस्था राखिएका रहेछन् ।
‘तपाईं सुखी कति प्रतिशत हुनुहुन्छ ?‘
मेरो प्रश्न यथावत छ ।
‘तपाईंको देशमा मान्छे सुखी छैनन्, खुशी छन् । यहाँ म नि सुखी धेरै, खुशी कम छु । सुखी र खुशी दुई अलग कुरा हुन् । अमेरिकाले सबैलाई सुख दिन्छ, खुशी पार्न नसके नि !‘
भट्टराईले सत्य बोले कि भन्ने लाग्दैछ मलाई ।
मेट्रो घरी सुरुङभित्र पस्छ । घरी खुल्ला मैदानमा बेतोडले बेगिन्छ । रेलको गति निरन्तर परिवर्तित खालको छ । छिनमै वेगवान र छिनमै स्वाट्ट घट्छ तीब्र गति । बढेको र घटेको आभाष पाइन्छ मसिनो आवाजमा ।
न्युयोर्क एभेन्यु पुगेपछि ठूलो हुल पस्यो हामी बसेको कक्षमा । निकै बहस गरिरहेको थियो समूह । आचार्यले बताए–‘यिनीहरु फुटबलबारे कुरा गर्दैछन् !‘
हुन पनि अमेरिकामा खेलकुद हुन थालेपछि सारा शहर नै बन्द जत्तिकै हुँदा रहेछन् । स्टोर, लिकर्स, र सब वेहरु एकाएक स्लो हुँदा रहेछन् । खेलकुदप्रति अमेरिकीहरुको चाहना विशेष पाएँ मैले ।
ब्रेन्टउड पुगेपछि मेट्रोमा यात्रुको चाप झन् बढ्यो । झकाएका आचार्य हाम्रा बातचितमा सही थाप्ने र मुन्टो हल्लाउन थाले ।
‘धन त निकै कमाउनु भो होला ?‘
मैले निकै साहसका साथ यो जिक्षासा राखेँ भट्टराईलाई । किनभने अमेरिकामा कमाउनेभन्दा गुमाउने ठाउँ धेरै देखेको थिएँ मैले । उनको इमान जाँच्न पनि यो खसखस राखेँ ।
‘तपाईंको देशमा कमाउने ठाउँ नै कहाँ छ र ! त्यहाँ वर्षमा कमाउने पैसा यहाँ महिनामा कमाइन्छ । तर बचत त त्यत्तिकै हो नि ! कार्डमै पाइन्छ डलर अनि कार्ड घोट्ताघोटतै गइसक्तो रहेछ । पत्तै नहुने !‘ डाक्टरले भनेका कुरामा बनावटी तर्क थिएन । हार न जितको नतिजामा हाँस्ने अनुहारको लाममा भट्टराई पनि उभिएको देखें मैले ।
वास्तवमा यी रेलहरु सुरुङैसुरुङका लिकमा कुद्ने किराजस्तो ठानिरहेको छु म । सबै मेट्रोले एक अर्कालाई भेट्ने वैज्ञानिक स्टेशन रहेछन् जहाँसुकै । अत्यन्त व्यवस्थित र सुरक्षित समेत ।
विशेषतः मेट्रो सेन्टर, चाइनाटाउन र फोर्ट टोट्टिनमा रेड, अरेन्ज, ब्लु, ग्रिन, यल्लो लाइनका रेल तल–माथिका बाटा भएर जाँदा रहेछन् । कति गहिरो सोच, चिन्तन र विश्लेषणसाथ बनेका होलान्–यी रेलवे सेवाहरु ।
‘सन्तोष कत्तिको मानिरहनु भा छ त डाक्टर साब ?‘
देशको विद्वानलाई मैले सोधेको थिएँ, अमेरिकामा गुमनाम देखेर ।
‘तपाईंको देशमा इज्जत छ, भोक मार्ने अन्न छैन । नामले भुँडी भरिने कुरो होइन रहेछ । सम्झन्छु, भात पहिलो अनि प्रतिष्ठा त पछिको कुरो रहेछ । सन्तोषलाई पनि यही आँखाले हेर्नुपर्ला । जे होस् ठीक छु ।‘
डाक्टरको बोलीमा गरुँगो चाला छँदैछ । तिनमा जतिसुकै पीडालाई नदेखाउने प्रचेष्टा भए पनि बिस्तारै आइरहेथ्यो कुराकानीमा । यसमा मेरो जित होइन, उनकै गर्व ढलपल भइरहेकै थियो ।
वासिङटन डिसी वरिपरि मेट्रोको जालो छ । हजारौं मान्छेहरु अहिले पार्किङको समस्याले ग्रसित हुन थालेको भेटेथँे मैले । यसैले अपार्टमेन्टदेखि मेट्रोसम्म आफ्नै कारमा आयो अनि पार्किङ गर्‍यो । त्यसपछि मेट्रो चढी गयो जागिर खान । यो जीवनशैली हुर्कन थालेको कुरा मैले धेरैका मुखबाट सुनेथेँ ।
‘तपाईंको लगानी अनुसारको प्रतिफल छ त ?‘ बौध्दिक व्यक्तित्वले हाड घोट्नेमा उनी समेत परिचित थिए । अनि पो सोधेथेँ मैले । ‘
‘तपाईंको देशमा नै यस्तो वातावरण हिजो थियो न छ आज ! मलाई डलर आइरहेकै छ । कामलाई मानेपछि बुध्दि र बल भन्नेतिर किन जाने ? उहाँ नि कापीका बिटा बोक्ने नै गर्दथेँ । बीस–उन्नाइसको मात्र फरक हो !‘
अमेरिकी श्रम र नेपालमा बौध्दिक लगानीमा डाक्टर साबको मतो नमिलेको ठानेँ मैले । हरियो डलरले थिचथाच पारेछ उनलाई ।
रेल कुदिरहेको छ ।
काम वासिङटनमा भए पनि आचार्य र भट्टराई मेरील्याण्डको पुच्छरमा बसोबास गर्छन् । अरु धेरैको बसाइ र काम गराइ यति वरपर भएको ज्ञान थियो मलाई ।
आतङ्कको पीडाले झन् बढी ग्रसित छन् अमेरिकीहरु । डिसीलाई पोटोम्याक नदीले छोएको छ । नदीपारि बस्दा धेरै समस्या हँुदो रहेछ । विशेषतः टनेलको खराबीले मेट्रो रोकिए– जागिर, जीवन र यात्रामा ठूलो खलल पर्न जाँदो रहेछ ।
‘आतङ्कारीले अमेरिकाका टनेल ताक्छन् । पोटोम्याकको टनेलमा ब्लास्ट गरिदिए सब चौपट !‘
आचार्यको भनाइले यति वर बस्नुको रहस्य जानेँ मैले ।
सेकेन्डको तलमाथि नगरी दगुरेको मेट्रो फेर्दै सयौं किलोमिटर टाढा पुगेर काम गर्नेहरुको भीडभाड कति हो कति ! मेट्रो चढ्ने र ओर्लने स्टेशनमा किनारतिर नउभिए हुलले किचेर कुद्न सक्ने छ । मान्छेको खोलो देख्न सकिने छ त्यहाँ । रातो मेट्रोबाट ओर्लिएर नीलो लाइनको अथवा हरियोबाट ओर्लिएर सुन्तले मेट्रो चढेर काममा कुरिरहेका थुप्रै मेरा चिनारु साथीहरु थिए ।
‘सँधैको यो भागदौडले के दिन्छ ?‘
मेट्रो टाकोमा स्टेशन पुग्दा सोधेको थिएँ मैले । अब छिट्टै आउने स्टेशनपछि उनको र हाम्रो बाटो फरक हुँदै थियो । अनि पो डाक्टर भट्टराईबाट जान्न हतारिएको थिएँ म ।
‘तपाईंको देशमा समयको मूल्य नचिन्नेहरुको बगाल छ । दिएको समयमा नपुग्ने, बोलाएर घन्टौँ कुराउने, काममा ढिलो गए हुने आदि यावत समयपीडाले त्यहाँ जरो गाढेको छ । खोइ, कसैले यो रोगी चरित्रका जरा काट्न सकेनन् । यहाँ त्यस्तो छैन । फुर्ति, जोस र समय चिन्ने मान्छेलाई अमेरिकाले अँगालै हाल्छ । मैले धेरै वर्ष समयपीडाका जरामा जेलिएर जीवन खत्तम पारेछु । यतिखेर केही थाहा पाउन खोज्दाखोज्दै ढिलो भइसकेछ !‘
बूढो हड्डी अमेरिकामा घोटेर तारुण्य उमेरमा नेपालमा अल्छ्याइँ खर्चेको गर्वबोध एक पटक फेरि सुनेँ मैले । भट्टराईजस्ता अरु थुप्रै सत्पात्र अमेरिकी भूमिको गाथामा भास्सिदै–भास्सिदै गइरहेथे । त्यै थियो यो प्रतिकृया ।
रेलको अन्तिम बिसौंनी अब धेरै टाढा थिएन । मेट्रोको बाँयापट्टिको स्वचालित सूचनापाटीमा गएको स्टेशन र अब आउने स्थानको सङ्केत पटक–पटक आइरहेथ्यो । मेरा आँखा त्यता पनि जान्थे घरी–घरी ।
‘इज्जत पाएको अथवा गुमाएको के लाग्छ ?‘
आँट बटुलेर सोधेँ मैले ती गुरुवरसँग । जो लामै समय अनुशासन, आत्माभिमान, देश र जीवनबारे मूल्यमान्यताको व्याख्यानमा जुटेको थियो कुनै बेला ।
‘तपाईंको देशमा इज्जत भएर पो कतिन्जेल जोगाइराख्नु ? सँधै अभाव, बन्द, राजनीति र भ्रष्टताको बीचमा आफूलाई नीतिवान बनाएर कसले राख्न सक्छ, हँ ?‘
आगो ओकले श्रीमान्ले । म प्रतिवाद गरिरहेको छैन, केवल श्रोता भएर उभिएको छु । पाताल पसेको बुध्दिजीवीको अन्तर्मन पढ्नु छ मैले ।
‘नेपाल नआउने ?‘
सिल्भरस्प्रिङमा रेल रोकिएपछि मैले सोधेँ डाक्टरलाई ।
‘तपाईंको देशमा पर्यटक बनेर घुम्न आउँला । अब त म अमेरिकी नागरिक !‘
कुनै समय त्रिचन्द्र क्याम्पसमा कालो ब्याग र नोटबुक बोकेर पढाउन जाने हरिराज गुरुले उद्घोष गरे ।
मेट्रो गइसकेथ्यो त्यसबेला उनलाई बोकेर !

भन् भगवती !



युवराज नयाँघरे
आज चैँ चर्कियो कलह !
यो कलह मानिस नहुँदाको । बरु मानिस हुँदा झगडा हुँदैन्थ्यो होला । आज पल्टा खाइरहेको अवस्था छ गाउँमा ।
आँगन जोडिएको दुई घरमा मानिस छैनन् । सबै पसेका छन् खाडी र जोहो गरेका छन् साँझबिहानको चुलो तताउने । तर यतिबेला लासको बाकस आएर बसेको छ आँगनमा ।
अनेक अड्कलबाजीका शब्दको पालोपहरो छ, छ ।
भगवती र अमरावतीका कुरा सुनिरहेको छु म । सँधैको विपन्न, बिजोग र बेहालमा समयका पाङ्ग्रा गुडाए यिनले । गाउँमा मान्छेको हाहाकार भएर के—के ठानिरहेछन् यी सरल अनुहार !
अर्थ आँफै लगाइरहेछु म ।

‘मलाई त छोरो गएदेखि खाएको अन्न नि माटै चबाए झँै लागिरा छ ! धर्ती फाटेर आफू तल—तल गए झैँ भाकोभाकै छ ! भन् त भगवती, तँलाई कस्तो हुन्छ ?’
कुरो एउटै छ ।
अर्थात् दुबैका छोराहरु पसिना खर्चेर धनको बिटो बोक्न गएका छन् । आशाको मसिनो ध्वनि वरपर जताततै तरङ्गित छ नै ।
अमरावती बोल्छे ।
‘मैले रगतको फाल्साबाट बनाएकी हुँ । पानी खाँदा नि पिरोलिन्छु । अन्न निल्दा नि भुटभुटिन्छु । कुन रात, कुन दिन सारा घर रित्तै !’
भगवतीको उत्तर सुन्छु ।
मरेको लास भगवतीको छोराको सँगी थियो । बाकसमा कोचिएर आएको मुर्दा अमरावतीको छोराको दौँतरी थियो ।
समयका कुइनेटामा प्रश्नका गजबार अब भटाभट देखापरे । सुरक्षित को होला ? को सद्दे आउला ? अथवा सबल अनुहारले यो आँगनमा खित्का छोड्न सक्ला ?
म एउटा कुनाबाट ती दुई विधवाका कुरा सुनिरहेको छु ।
आँखा त छोपुँला तर रगतपच्छे सभ्यताको दृश्य कसरी बिर्सनु ! कान त थुनुँला तर आँसुका आहालका सुँकसँुकाइ कसरी भुल्नु ! ओठ त चूप लगाउँला तर आपट्टे भक्काना कसरी थाम्नु !
‘भन् भगवती ! कत्ति हैरानी खपिरहेकी छस् तैँले ? मेरा घरका बस्तुभाउ सार्ने मान्छे मैले कतैबाट नि पाइनँ । घाँस, कुँडे र सोत्तर नभएपछि पशुले नि हाम्रा लागि मनुष्यत्वको दर्जाबाट तल झार्दो रहेछ । एकदमै तलंंं ! मलाई यतिखेर भैँसीको किलो बनाइदिने एउटा तन्नेरीको खाँचो छ चरम—चरम ।’
अमरावतीको वेगवान बोली छ ।
हरेक अवस्थाले विध्वस्त लाग्छ बस्ती । पहिरो थेग्ने पाखुरा, जँघार रोक्ने जोस र भल थाम्ने आँट नभएको दृश्यमा उभिएको छु म ।
‘मलाई समस्याले जति थिचेको छ । उम्किन मिल्ने सुझावको कुनै एउटा स्वर सुन्न सक्दिनँ म । मैले मेरो भविष्यका हरेक मानाचामल पठाएँ । अब पर्खेर बस्नुको विकल्प छँदै छैन !’
भगवतीको सोझो आवाज सुन्छु ।
गाउँबाट छानिएर गएको पुस्तासँग समयको कुनै व्यवधान ओर्लिएको छैन किञ्चित । जे विपत्ति, जे असहज र जे चौपट भोग्नु प¥यो—बस्तीका सबै खाले हृदयले स्वीकार्नै प¥यो ।
मानिस हुँदाको मूल्य कति—कति !
यो बेला यी सबै अकाल वा खेदशून्य कथा सबै बार्दलीले बोलिरहेकै छन् । यतिखेर चकमन्नतामा मानिसविहीन बुइँगल देखिइरहेकै लाग्छन् ।
‘चाडपर्वले आँखा तर्छन् । कसका निम्ति पकाउनु ? कसलाई भनेर पर्खनु ? अथवा टपरी, बोहोता वा दुनामा परिकारको भाग लगाएर पर्वको अर्थ खोज्नु ? भो, मलाई भताभुङ्ग हुँदै गइरहेको संसार चाँडै सकिए हुन्थ्यो भन्ने लाग्न थालिरा’छ ।’
अमरावतीलाई सुनाई भगवतीले ।
नबोली भएकै छैन दुबैलाई । आखिर सुन्ने र सुनाउने समाजको सबभन्दा शक्तिशाली रुप यिनै दुई अनुहार हुन्—हजार थप्पड खाएका मुजे गाला र भास्सिइरहेका आँखा र उठिरहेको च्युँडोसहितका वृद्घा विधवाहरु ।
कठोरतालाई पाए पगाल्नु हुन्थ्यो !
‘भन् त भगवती ! तेरो छोराले कसको मात्र भाषण सुनेन ? कसको नारा लाएन ? कति हण्डर खाएर कहाँ—कहाँ टाढाका बग्गीखाना र जेलखानामा थुनिनु प¥यो । कुन्दाको कुटाइ र बाघेझप्पुको झम्टाइले कति दिन आलसतालस भयो तेरो छोरो ! तैपनि त्यसले कतै भुइँ कोरेर थाकेन !’
भगवतीको छोराले गाउँमा नयाँ समाजको मौसम छ¥यो । बल्ल जीवन—जीवनजस्तो, ढुकढुकी—ढुकढुकीजस्तो र दृष्टि—दृष्टिजस्तो भएर गतिशील भएको ठानेथे सबैले ।
विस्थापित एक पटक फेरि भयो त्यो नयाँ सोच ।
‘हो, खेतमा खेती गरौँ । आँगनमा कुरा रोपौँ । बारीमा तरकारी छरौँ । मेरा छोराले लगाएको नारा यति थियो । मात्र यति थियो । अमङ्गल कुरा थिएन त्यो !’
म भगवतीका कुरा सुन्छु । म अमरावतीका आवाज सुनिरहेको छु । यी वृद्घा आमाहरुका निष्कपट बोलीमा शक्तिशाली दर्शनका केस्रा—केस्रा ओर्लिएको अनुभूत गरिरहेको छु ।
ताँतीमा मिसिएथे दुई किशोरहरु !
सम्भाव्य परिणामले पार्ने वृतान्त यतिखेर भेटिन्छ । बितिरहेको कालखण्डमा नापजोख भइरहेको चरित्रले चनाखा आँखा लगााएको पाइरहेको छु म ।
‘भन् त भगवती, तेरो छोराले कसको मात्रै आदेश सुनेन होला ?’
‘भन् त अमरावती, तेरो छोराले कसको मात्रै उर्दी दिमागमा घुसाएन होला ?’
दुबैका प्रश्न छन् दुबैलाई ।
म यी उही स्थिति र उही अवस्थामा सास फेरिरहेका बस्तीका सबभन्दा उँचो मानवीय अनुहारलाई पढिरहेको छु । अनुहारले भनेका छन्—‘ हाम्रा निम्ति त्यही कृतज्ञता हो, दिनु र फेरि पनि दिनु !’
यो अर्थ यसरी पनि लाग्न सक्छ—‘सन्तानका सबै खुशी, उल्लास, श्रम र पसिना दिनु !’
मानिस भएर बाँच्ने चाहनाको अपेक्षा गरिनु कृतघ्नताको गाढा टीको टाँस्नु थियो निधारमा । मैले पुछ्रने प्रयत्न नगरेको होइन—तर शक्ति, सामथ्र्य र तेज थिएन कसैसँग ।
मानिसहरुको धारणा छ—तेल थपेकै भरमा दियोको प्रकाश झन् उल्लसित भएर बल्छ । तर भगवती तथा अमरावतीको आफ्नो गच्छेअनुसारको तर्क हेर्दा लाग्ने गर्छ—हावाको चापले पनि ह्वारह्वारी बल्ने गर्छ बत्ती ।
एउटा आँगनमा दुबै उभिएका छन् । सामान्य समाजमा पार्ने स्थितिले स्पर्श गरेको छ, छ ।
शरीरको रगतमा कति क्रोध छ ? अथवा कति पश्चाताप छ ? अनुहारका मुजा छोएर अड्कलसम्म गर्ने हो ।
अमरावती र भगवतीको वर्तमान त्यस्तै छ ।
‘धर्तीजस्तो चोट हाम्ले मात्रै भोग्नु पर्ने । के मात्रै सहेनौँ हामीले । भातका डल्लामा आँसुको झोलले भिजाएकै हो । घुटुक्क पिउँदै, सुरुप्प पार्दै र सान्त्वनाका हिँक्का स्वीकारेकै हो नि ! भन् त भगवती !’
अमरावतीका बोली सुन्छु अत्यासले अँगालिएको ।
बिस्तारै बजारजस्तो आकार बन्यो त्यो रुवाबासीमा । मानिस नभएका होइनन्—जिउँदो मान्छे दगुराउने थुप्रै थिए । तर यतिखेर मरेको मानिस थन्काउने कोही देखापरेका छैनन् ।
एकले अर्कालाई हेर्ने पुरानै रोग छ । त्यो रोगलाई सबै दिइरहेछन् निरन्तरता । सारा गाउँ, टोल र बस्ती त्यसबाट निरपेक्ष छैन । अँह, छँदै छैन ।
अब कसरी भाग्छन् यी दुई आमाहरु !
भगवतीले भाग्ने कसरी ? अमरावतीले भाग्ने कसरी ? उही समाजलाई उस्तै भोजन, पोषणले हेरविचार गरिदैँछ । अब कसरी रहनु उकुसमुकुसबाट बेखबर !
‘सुन् भगवती ! हाम्रा छोराले बाटो नबनाएका होइनन् । कुलो पैनीका फोहोर नहटाएका होइनन् । झार उखेलेर, उबडखाबड सम्म्याएर अनि लहरा पन्छाएर यो गोरेटो यति प्यारो नबनाएका होइनन् । तैपनि तिनका हातमा कुनै फूलको स्वागत कहिल्यै भएन । हुँदै भएन नि !’
अटुट थाहा पाइरहेको छु म वृद्घा आमाहरुका रोदन ।
हजार भँुवरीमा परेका हृदयको आगो साथको बोली छ, स्वर छ र तर्कनाहरु छन् । अकाट्य विचारका पाङ्ग्रामा दगुरिइरहेछन् यी आमाहरु ।
‘भन् भगवती भन् ! यो बस्तीमा एउटा छोराले दिने सबै पसिना हाम्रा छोराले दिएकै हुन् । बाँकी केही थिएन । एउटा माटोको डल्लोदेखि एउटा बिरुवाले पाउने स्याहार सम्भारसम्म हाम्रा छोराबाटै पाए । सुरक्षा, स्नेह र साथ सँधै पाए !’
अमरावतीका कापिरहेका आवाज छन् । असुरक्षा, अन्याय र आपतका तिखा सुइरामा थला परेका लाग्छन् ती आवाजहरु ।
आँगनमा चाङ छ वेदनाको ।
‘सबै खोसे । अरुले त खोसे—खोसे, आफ्नाले झन् क्यै नराखी खोसे । एक थोपो नराखी खोसे । हामीलाई सर्वाङ्ग पारेर थुते !’
अमरावतीको आवेग छ अनवरत ।
मानिसलाई अभाव बोध त्यतिखेर हुन्छ—सबैतिर समाप्तिको सूचना आउँछ जब ।
भगवती र अमरावती त्यही अवस्थाका केही अनुहार हुन् । त्यस पर अरु कुनै चरित्र वा भूमिका तिनले पाउँदैनन् । किञ्चित् पाउँदैनन् ।
आफ्नै छातीका कौलासा सुनाउँछन् ती ।
‘मेरा घरको गारोमा बर्खाको भेल पसेको—पसेकै छ । मैले जतिसुकै माटो, ढुङ्गा र बालुवाको थुप्रो राखे पनि बग्न छोडेको छैन त्यो पेटी । अब माटो नहालेको कुरामा भन्दा राख्ने पद्दतिबारे ठीक नभएको तर्कले घेरिएको छु म । तन्नेरीका हातले राखेजस्तो माटो हामी बूढीहरुका कामले कसरी पूर्णता पाउने ?’
एउटा गहन कुरा आयो ।
सिङ्गो जीवनले जानेको तर्क । सारा उमेरले पहिल्याएको विचार । पुरै समयले पर्गेलेको सिद्घान्त ।
बनिसकेको बाटोमा हिँड्नेहरुले बाटोबारै लगाउँछन् अनेक खोट । तर तिनले फर्केर कुनै एउटा ढुङ्गो सडकको कुनै पिँधमा कहिल्यै राख्तैनन् । आँगनमा इनारको पानी खाएर दोष देखाउने मान्छेको कुनै कमी छैन हाम्रो वरपर । तर ओखती, सम्भार वा परीक्षणका निम्ति हतपत मनले ताउरमाउर गरेको देखिन्न ।
आँगनको बाकस कसले उठाउने ?
अलिक उमेर वा शक्ति बोक्ने तिनै विधवा आमाहरु ह्ुन् । ती झनै भित्री अन्तष्करणदेखि नै थला परेका छन्, गलेका छन् र खुम्चेका छन् । नहारे पनि पराजयको बादल र चट्याङ छन् तिनमा । जिते पनि विजयको बोली तिनको वरपर आउन सकेको छैन ।
‘भन् भगवती ! सरम लाग्नुपर्ने होइन । निल्न नसक्ने कुरा किन खानु ? हाम्रा छोराको हरेक थोक खाएर पनि पुगेन यिनलाई । अब के बाँकी छ यिनले खाने ?’
आकुलतामा मान्छे न्याय वा निसाफका कुरा गरिरहँदैन । आफ्नै अदालतमा प्रमाणका अनेक अर्थ बोलिरहेको हुन्छ ।
युद्घले थाकेको छ मन र शरीर ।
सिङ्गो बस्तीमा जब थामियो युद्घको अग्निप्रलय । अनि सुरु भयो आफनै खोजखबर र अर्थहरुको बेलिबिस्तार । धेरै कुरा गुमेपछि, अब के बच्न सक्छ ?
यही एउटा तर्कले सबैलाई उछिनेको छ निरन्तर !
‘हामी कुनै बेला बिजोगमा पर्न सक्छौँ । कुनै दिन बाँकी रहेन—नकल्पेको, नरोएको र नटोल्हाएको ।’
विधवा भगवतीको कलेँटी परेका ओठको आवेग सुनिरहेको छु म ।
आँगनमा मसिना केटाकेटी छन् । भविष्यहीन पाइलामा डोर्रिएका किशोरी छन् झन् बेस्मारी । धेरै र झन् धेरै छन् वृद्घ र वृद्घाहरु । त्योभन्दा बढी देखिरहेछु म विधवाहरु ।
हारेर अनि दबिएका थुप्रै विधवाले सेतो कपडामा बेहृेर अरुका आँखाबाट केही साथ खोजेजस्तो लाग्छ । किनभने सिङ्गो जीवनको बोझ तिनका थाप्लामा बसिरहेछ ढसमस्स ।
लासको बाकस छँदैछ ।
कुनैबेला दिनहुँ आउँथे यस्ता बाकसहरु । बस्तीमा त्यतिखेरैदेखि अभाव हुन थालेको हो—बाकस बोक्ने, चिन्ने र थन्काउनेको । अर्थात् युवा ज्यानको ।
युद्घले पटक—पटक नङ्ग्रा गाढेर सबै विध्वस्त पारिएको परिवेशमा बोल्नेहरु गलिसकेका छन् मज्जैले । जडता, कठोरता र संवेदनहीनताको कम्पन छ जताततै । यस्तो बेलामा बोल्ने को ?
बाकसको लास बोल्यो—‘भन् भगवती, भन् ! पाखण्डीहरुलाई अझै भन् !’

बाटो म्याद !



Yubaraj, Nayaghare
युवराज नयाँघरे
घर पुग्न बिहान र बेलुका दुई घन्टा नछुट्टाए हुन्न !
मैले अरू सबै समय काममा लाए नि यी दुई घन्टा पर्छन् विशेष । जागिर, भेटघाट र किनमेल एउटै कालखण्डमा गाभ्ने गर्छु म तर घरबाट निस्कँदा र घर पुग्दाको दुई घन्टा विशेष हुन् मेरानिम्ति ।
यो बाटो म्यादले समग्र जीवन चलेको छ मेरो । मैले बाटो म्याद छुटाउनै पर्छ अन्यथा सारा योजना लथालिङ्ग हुन्छ, ल्याङफ्याङ हुन्छ र लल्याकलुलुक हुन्छ । यसैले सबै खाले लथालिङ्ग, ल्याङफ्याङ र लल्याकलुलुकबाट जोगिनँ मैले बाटाका लागि समय नछुट्टाइकन धरै छैन ।

पूरापूरा दुई घन्टा !
गाउँबाट राजधानी आउनेहरूलाई लाग्छ, बाटोले धनधान्य छ यो सहर । तिनले आँखाले नभ्याउने बाटो देखेर जिब्रो टोकेका हुन्छन् र प्रश्न गरेका हुन्छन्-कति मात्रै बाटो ? तर ती प्रश्न हामी यही बाटोमा रातोदिन जाम, भीड र ठेलाठेलमा अरगज्ज बनेर उभिरहनेहरूका लागि बाल-प्रश्न वा अबोध जिज्ञासाजस्तो लाग्ने गर्छ ।
बाटोसँग धेरै कुरा गाँसिएर एकाएक टुप्लुकिन्छन् । मानिसका अनन्त रूप यो बाटोमा छरपस्टिन्छन् । राज्य बन्छ निरीह । बाटोमा देशको कानुन कुनै पङ्क्तिमा थन्किएर बसेको हुन्छ । बाटो विजयी बन्छ, मौन देखापर्छ मुलुक ।
मैले बाटोलाई दिनै पर्छ दुई घन्टा ।
यो मेरालागि रहर वा आनन्दीको विषय भएन । यो मेरानिम्ति चाहना वा उत्साहको बोली नि भएन । मेरालागि गौरव वा व्यग्रताको विम्बसमेत रहेन यो ।
बरू हरेक दिन मैले अर्थहीन यी दुई घन्टा गुमाइरहेको छु । यी अमूल्य दुई घन्टा बेकार भइरहेका छन् । बेमोजमा मैले समय लगाइरहेको छु ।
बितेको समयभन्दा बिताउँदाको पीडाले घेरेको छ मलाई ।
अखबारमा खबर हुन्छ-बाटो म्यादी सूचना ।
अर्थात् कसैलाई डाक्नु वा बोलाउनै परे भनिएको हुन्छ-यति दिनभित्र वा बाटो म्याद यति समयभित्र कसैगरी आइपुग्नु ।
सम्भवतः टाढा वा धेरै परका मान्छेलाई कानुनी काइदामा चपक्क बाँध्न यो राष्ट्रिय बोली व्यक्तिएको हुनुपर्छ । भीरपाखा, नदीजँघार वा खोँचकन्दराबाट आउने समयावधिको एउटा साँध हो यो तर हामी सहरवासीका निम्ति सुविधा र समृद्धिमा बाटो म्याद झन् आवश्यक भइसक्यो, अपरिहार्य बनिसक्यो ।
घाम टन्टलापुर लागोस् तर मैले बाटो म्याद नघाउन मिल्दैन कदाचित । हुरी बटारिएर हुइँकियोस् तर मैले बाटो छोट्याउन मिल्दैन किञ्चित् । अथवा सडकको नाराजुलुस, पुल्ठो, भाषणको भलपैरो यी सबैलाई मैले समाहित गर्नै पर्छ ।
‘बाटालाई नै देऊ समय !’
यो अघोषित भाव हिजोआज मैले सबैतिर सुनेको सन्देश हो । यो भावलाई प्रचार-प्रसार र बिस्तारका निम्ति सर्वत्र कानेखुसी गरेको नि देख्छु म ।
सजिलो छ-बाटाले पाउने समय हो बाटो म्यादीको अर्थ । बाटोले माग्ने गरेको अवधि नै बाटो म्याद हो ।
शब्दको सोझो अर्थ यहाँनिर अनन्यतम् हुँदै होइन ।
बाटो म्याद दिन लगाउने चरित्रको नियत र योजना आलोचनाको विषय हो, पक्ष हो । म यहीँनिर आफूलाई धेरै भुँवरीमा पार्न पुग्छु । घट्टमा पिँधिएको घुनजस्तो । अथवा कुलेसामा बगेको पतिङ्गरजस्तो । म्याद भन्नु समय त हो नि !
बाटाको माग जति छ-उसले पाउने समय नै बाटो म्याद हो । बुझ्न र मनन गर्न कुनै रगतको थोपा नजोस्याईकन बुझिने अर्थ हो यो तर मेरा लागि त्यस परको स्थिति र अवस्थाले मन चिसो पार्ने भाव मुख्य कुरा परे ।
‘सुन्नु भो, हिँडे आधाघन्टा मोटर चढे एक घन्टा !’
‘जीवनको सुन्दर समय बाटोमै खर्च हुन्छ !’
‘जति बाटो उति समयको बर्बादी !’
यी संवाद हुन् सामान्य ।
कुराकानीमा घोचपेच मात्र छैन, उदासी छ । अझ बेथिति र बेकम्मा राज्यका नीति र योजनामाथि नजानिँदो आक्रोश पनि भेट्छु म ।
यहाँनिर आफैलाई धक नलाग्ने गर्छ, बाटो म्यादअनुसारै घर पुग्छु वा जागिरमा पुगिरहेको छु । नियमिततालाई बाधा पारिहालेको छैन । हो, छोटो बाटो होस् कि चोरबाटो-समय मिलाउने प्रयास हुन्छ ।
तर धेरै पाटोमा बाटो म्यादको खिल्ली उड्दै गएको छ । बाटो म्यादले बोकेको मूल्यले घुँडा टेक्दैटेक्दै गइरहेको पाइरहेछु म ।
बाटोलाई दिने केस्रा केलाउँछु समयका । हिजोआज हामी बाटोका गाजेमाजे हमलाका कति निरीह चोट र अव्यक्त रुवाबासीका चेपमा परिरहेका छौँ ।
रोक्न र छेक्न नसकिएका पुराना गाडीहरू । ती पत्रु मोटर चलाउन पाउनु पर्छ भन्ने नारा, चर्का ध्वाँस र अपि्रय गालीहरूको शृङ्खला कति हो कति
सहरमा ! खुइलिइसकेका सेता धर्सा र बेवास्ता गरिएका सडक बत्तीहरू ।
हो, तिनले त्यत्तिकै बाटो म्याद बढाउँछन् हाम्रो ।
मृत्यु र जन्मको कुनै व्याकरण हुँदैन । अरू सबै जीवनलाई काँडा र फूलमा दगुराउने योजनाको फाइलमा उभ्याउन सक्छन् तर मृत्यु र जन्मले समयका यी कुनै निश्चित् फग्लेटामा अचेटेर राख्न सकिरहेका हुँदैनन् ।
हामी यो कुरा अखबारको मुख्य पाटोमा सुनेर बिर्सिरहेका हुन्छौँ हरेक दिन । हामी खबरका प्रमुख अंशमा सम्पादन नहुने भाग भएर सुन्छौँ प्रत्येक रात ।
‘चितवनबाट बिरामीलाई थप तीन सिलिन्डर अक्सिजन दिएर पठाएको तर जामले सब बर्बाद !’
‘ककनीकी गर्भिणीलाई दुई दिनपछि लाग्ने बेथा अघिल्लै दिन लाग्यो तर सडकको जामले लग्यो उसलाई !’
यी कुरा मेरा छिमेकका हुन् ।
बाटो म्याद दिँदादिँदै पनि पार नलागेका घटना हुन् यी । यस्ता कहर र वेदनाका उरुङखात सुनिनसक्ना छन् अरू नि । अरू थुप्रै व्याकुलता र निर्मम पीडामा पिल्सिएर बाटो म्यादी बिलाप भन्नेहरू नभेटिने होइनन् ।
खेत खन्न जानेलाई बाटो म्याद । हलो जोत्नलाई लाग्ने बाटो म्याद । शिक्षक वा कर्मचारीलाई बाटो म्याद । घोत्लिहेर्दा अरू अनेक यस्ता पक्षहरू भेट्छु म । चिकित्सकदेखि घरगृहस्थीका थाङ्ना तह लाउने नेपाली ग्रामीण महिलाले लिने बाटो म्यादको ख्याल आउँछ ।
म एउटा पुरानो स्मृति ख्याल गरिरहेको छु यतिबेला ।
‘माइत पुग्न आधि घन्टा, घर र्फकन डेढ घन्टा । अरू बचेको समयमा आफ्ना खलकसँग भेटी घाम ढल्कँदा यो आँगनमा पाइला राख्नु ।’
कडा सासू थिइन् एउटी दिदीकी ।
बूढीले दिएको बाटो म्यादबारे गहिरो अर्थ लगाउन खोजिरहेको छु । माइत पठाइरहेकी बुहारीलाई दिइएको बाटो म्यादभित्र बलियो ज्ञान भेटिरहेको छु म ।
‘दिदी, जाँदा आधिघन्टा, र्फकंदा डेढघन्टा । यो मिलेन नि ! यति लामो बाटोलाई बराबरी हुनुपर्ने होइन र ?’
फटाफट लम्कँदै मैले सोधेको थिएँ ।
हिँडेको होइन दगुरेका हुन्थ्यौँ हामी दुई ।
‘माइत भनेको खुसीको ठाउँ भएकाले छिट्टै पुगिन्छ रे ! त्यसैले बाटो म्याद थोरै । घर भनेको बेरुचिको ठाउँ भएकाले साबिककै समय । त्यसैले बाटो म्याद धेरै !’
दिदीको उत्तरले मलाई रन्थनायो ।
यो कुरो मलाई आजका राजकाजीहरूलाई कानैमा गएर सुनाउने इच्छा छ नि ! के गर्नु बलवर्गत पुगेन मेरो ।
अनेक सम्झौता, अनेक तिकडम र अनेक खेलखेलाँचीसाथ बागडोर सम्हाल्नेहरूले पुग्नुपर्ने मोडका लागि लिएको बाटो म्यादको मूल्य कति बुझे ? अर्थात् छिचोल्न लाग्ने बाटो म्यादको मर्म कति मनन गरे ?
बाटो-अरूले बनाएको हिँड्न पो कठिन हुन्छ । बाटो-अरूले खनिदिएको नाँघ्न पो असहज हुन्छ । बाटो-अरूले कोरिदिएको छिचोल्न पो सरम हुन्छ तर सबैतिरका मसिना गोरेटा मासेर ठूलठूला राजमार्ग बनाएर मूलबाटोमा उभिएपछि बाटो म्याद पुगेन भनेर आलापविलाप गर्न सुहाउँछ ?
त्यसो गर्न सुहाउँछ कसरी !
मेरी दिदीको माइतजस्तो-राजकाज चलाउनेहरूले हर्षको घर पाएकै छन् नि । अब कर्म घरमा पुग्न किन अल्याङतल्याङ ?
मलाई सधैँ लागिरहृयो-बाटोले निर्धारण गर्छ समयको ।
होइन रहेछ यो । मेरी दिदीको हैरानी र दगुरादगुर हेर्दा बाटो म्याद दिने नेतृत्वका कारणले परिणाम देखापर्दोरहेछ । समय छोट्याउन माइत जाँदा चाँडो र घर र्फकंदा उही समय गर्नु हुन्थ्यो दिदी ।
मैले हाम्रो बागडोर चलाउने स्वाँठ र सन्त दुबै अनुहारमा आशाको कुनै प्रतिक्रिया देखेको छैन । अथवा भेटिन सक्ने कुनै धिपधिपे बत्तीसमेत भेटेको छैन । यो महाशून्यता सबभन्दा भयानक हो, भयाकूल हो र भीषण हो ।
मेरो जीवनको दुई घन्टा बाटोमै जान्छ व्यर्थसाथ ।
जाडोका छोटा दिनहरू । आराम, तातो वा हतारमा यो दुई घन्टा थप्नु पर्छ मैले । गर्मीका बाफिँदा दिनहरू । चिसो, थकान वा आलस्यमा यो दुई घन्टा थप्नु पर्छ मैले बाटोलाई ।
निरर्थक छ । यो जानेको छु । जानेर, थाहा पाएर वा ज्ञात भएरै पनि सडकले पाएको बित्थाको दुई घन्टालाई सरकारी करजस्तो मैले नतिरी सुखै छैन । बरू खान लाग्ने समय छोटट्याउने । सुत्न पाएको समय घटाउने ।
मनोरञ्जन वा प्राज्ञिक बहसलाई प्राप्त अवधि बिर्सिदिने । भोज वा छलफलमा आएको अवसर थाँती राखिदिने ।
अनि बाटोलाई सुम्पिदिने ठ्याक्कै दुई घन्टा !
विश्वविद्यालयको चिन्तन भर्सेलै परोस् । प्रज्ञाको मन्थन थलै परोस् । गुरुकुलको काव्ययात्रा जेसुकै होस् । सर्वनामको नाटक जेसुकै होस् ।
म यी कुनै समारोहतिर अलिक समय दिन नसक्ने भएको छु ।
नत्र सडकले समय कम पाउँछ । बाटोले म्याद थोरै पाउँछ । राजमार्गले अल्प समय पाउनु भनेको म बेलामा घर नपुग्नु हो । मेरा पछाडि रहेका थुप्रै जिम्मेवारी, अर्थ, महत्त्व र कर्तव्य क्रमशः पछाडि पर्छन् अनि ।
बाटो म्याद तोकिसकेपछि कति धेरै गाभ्यो ।
घरमा न तरकारीको स्वाद हुन्छ । न गालामा दल्न भ्याइन्छ ग्लिसरिन । छिमेककी एउटी विधवाको उदास ओठ पढ्न भ्याइन्छ न त । खल्तीमा कन्चाकन्ची राख्न पनि पो नभ्याइने ।
बाटो म्याद पाएपछि जसरी नि पुग्नैपर्ने । यो नियम कसैले अटेर गर्ने कुरो भएन । कसैले पो नमानिहाले जागिरमा स्पष्टीकरण, व्यापारमा घाटा, पढाइमा गयल ।
अझ मनभरि थपिने धेरै खाले कौलासा वा हैरानी ।
मलाई बाटो म्यादले थप्पड हानेको छ धेरै पटक ।
दहचोकमा घर हुनेहरू, नाङ्लेभारेमा घर हुनेहरू र तीनपिपलेमा घर हुनेहरूको रुवाबासी धेरैधेरै सुनेको छु मैले । दक्षिणकाली, बनेपा वा भट्टेडाँडा घर हुनेहरूका व्यथा छन् झन् चर्का ।
काममा आउँदा र जाँदाको समय र पैसाले तिनलाई पत्ताल पुर्‍याइसकेको हुन्छ । आधा मासु पारिसकेको हुन्छ तिनलाई । झिरको मासु भएर घर र कार्यालयको कर्तव्य धानिरहेका हुन्छन् ती ।
‘रिङरोडभित्र हुन्छ जागिर । अब घर छोडी न त डेरा लिनै मिल्ने !
यो कुरामा बाटो म्यादले हुँडलेको वेदना भेटिन्छ ।
आधा सरो बितिरहेको कुदाकुद र चोट देखिन्छ यहाँ । बिजोग र बेपत्ताले थला काढेको कृपण अनुहार भेटिन्छ यहाँ ।
बाटोलाई सजिलो बनाउन सक्ने व्यवस्था कहाँ छन् ? बाटोलाई सुविधायुक्त बनाउन सक्ने विधि कति बने ?
यी दुई कुरा प्रमुख हुन् बाटो म्यादीका ।
बिहान पनि हस्याङफस्याङ । बेलुका पनि हानाथाप । यी दुबै अनुशासित काम हरेक साँझ र बिहान भइआएका छन् । तल्र्याङतुर्लुङ झुण्डिएर मोटरमा जानु सभ्यतासँगै डोर्रिएको अहम् पक्ष हो ।
गाली, धम्की, घम्साघम्सी र हेलाहाँसो त बाटोम्यादमा पचिरहेकै कुरा परे । यस्तो लाग्छ-ती गहना हुन् यो हिँडाइभरिका । कदाचित ती नपाए कता के-के खल्लो
भयो ! यो भावना उमि्रन्छ हृदयभरि ।
झलमल्ल बिहान दिन्छु म बाटोलाई र हात पर्छ रुग्ण साँझ !
बाटोले यसरी हरेक दिन मबाट दुई घन्टा निःशुल्क लिने गर्छ । मैले थुप्रै पहाडका रङहरू हेर्न पाउँदिन । थुप्रै नदीका कलकल गुमाउँछु यही दुई घन्टामा । धेरै नानीहरूका आँखाका कोशमा पट्ट फुटेका सुनौला सपना पढ्न पाउँदिन ।
बाटोले मेरा कन्पारा फुलाएर उदासतिर धकेल्दैछ, गाला चाउरी पारी उराठतिर घचेटिरहेछ र ओठमा कलेटी पारेर उजाडतिर घिच्च्याइरहेछ ।
जितेको कुनै ज्ञान कहिल्यै भइरहेको छैन ।
हारेको ठूलै सङ्केत जहिल्यै भइरहेको छ मलाई । कसैले नखोजून् प्रमाण । कसैले कुनै आधार वा तर्क नसोधेकै राम्रो ।
बाटो म्यादमा मेरो पराजय भएकै छ ।
बिहान र बेलुका खर्चेको यो अनमोल समयलाई बागडोर हाँक्नेहरूका अगाडि बेतुक र बित्थाको विषय हो । राजकाज चलाउनेहरूले हामी सबैलाई बाटो म्याद दिएर ती बेफुर्सद भइरहेका छन् ।
यो देशको नयाँ नक्सा कोर्न बसेकाहरूले पाएको बाटो म्याद त नाघिसक्यो नि !
थप्ने र ? कति थप्ने बाटो म्याद, छ सय एक टाउकालाई ?

हेल्सेको रेडियो



युवराज नयाँघरे
टाइम्स स्क्वाएरमा बसिरहन पाइएन ।
‘आज रातभरिमा तीन–चार कार्यक्रम नबनाई भएकै छैन !’
सहदेवले भने ।
न्युयोर्कको मुटु टाइम्स स्क्वाएर । साँझ सकिएर रात ओर्लिएको छ । हुलका हुल मान्छेको घचारो । खास गरी एशियाली अनुहारको भीड भेटिरहेछु म बग्रेल्ती ।
अग्ला आलिशान घरहरु । सडकको झिलिमिली चौपट्टै । म अनुहार झलमल्ल बाल्दै मनका उत्तर दिइरहेछु आँखाले पढ्दै ।
मे महिनाको सुरुको साता ।
एकदमै मीठो मौसम छ । जाडो भाग्न खोजेको उज्यालो कालबेला । हिउँ नपर्ने हार्दिक याम छ न्युयोर्कमा ।
हामी उत्तरतिर पाइला सार्दैछौँ ।
छ्यालीस स्ट्रीट पुग्यौँ । कारका लस्कर छन् आँखाले नभ्याउने । मान्छेको हुल झन् उत्पातको छ, छ ।
भाइलाई फुर्सद कम छ । उनी न्युयोर्कको नेपाली समाजलाई एक बनाउन खटिरहेका छन् । उनी अर्थात् सहदेव पौेडेल ।
हिमाली स्वरहरु, अमेरिकामा प्रसिद्घ छ यो अनलाइन रेडियो । धेरै वर्ष भो यसले अमेरिकाली समाजमा नेपाली भावना, सोच र परिचयका लागि समय खर्चेको ।
‘यति ब्यस्त ठाउँमा कसरी मिलाउनु हुन्छ चाँजोपाँजो ?’
मेरो सोधपुछ ।
‘एकलो छु । धेरै कमाउने चाहना छैन । आठ घन्टा काम गर्छु ।’
‘अनि यति कमाइले पुग्छ त ?’
‘पु¥याउनु पर्छ । कम सुत्छु । अनि रेडियो बचाउन सकेको छु !’
‘धन्य छ भाइ !’
निकै हिँडेपछि बन्द हुन तमतयार भएको सब वे भित्र पस्यौँ हामी । त्यहाँ ओखलढुङ्गाका टङ्क खड्का र बैतडीका राजेन्द्र भट्टसँग भेट भयो मेरो ।
मित्रहरुले बाहृ इन्च लामो पाउरोटीमा मासु, सागपात, अनेक मसला र काँक्रा–गाजर कोचेर टुन्न फुलाएको ‘सब’ हातमा थमाए ।
‘दाइलाई न्युयोर्कको चौरासी व्यञ्जन यही हो !’
भट्टले मलाई मान गरे ।
खड्काले अमेरिकन डाइट मलाई थमाउँदै भने—‘ओपसानी हाल्न यै जल प्रयोग गर्नु होला !’
अनि हामी सबै उही र उस्तै परिकारको स्वादमा रमाउँदै प्राइम पार्क पुग्यौँ । न्युयोर्कको सुन्दरता झन् उत्ताउलिएको थियो, न्युयोर्कको बैँस झन् आलोकमय थियो, न्युयोर्कको यौवन झन् आसक्तिपूर्ण थियो । मानिस, मौसम र मन उस्तै लाग्थे, उही लाग्थे र उनै लाग्थे ।
स्नेही थिए सहदेव । आदर, प्रेम र श्रद्घा गर्न तिनी तत्पर भए झैँ मैले ठानेँ । शिष्टता र सरलता तिनको अमेरिकी समाजले दिएको उपहार झैँ व्यवहार थियो ।
हिँडिरहेका थियौँ हामी ।
जाडो लुगलुगाउँदो थियो । तैपनि अमेरिकाली गोरी युवतीका पिडुँला ह्वाङ्गै थिए । जाडो दाँत कटकटाउँदै थियो । तैपनि अफ्रिकाली अश्वेत सुन्दरीका बज्राँठ तिघ्रा उदाङ्गै थिए । हो; तिनका कान, कपाल र टाउकामा स्काप, टोपी र रुमालको सजधज चैँ घटेको थिएन ।
टाइम्स स्क्वाएर छोडेको धेरै पर हो तैपनि त्यसको स्पर्शले छोडेको होइन । शायद सबै अमेरिकी शहरको परिचय त्यही हो ।
‘भाइ, बहाना त विद्याआर्जन नै होला नि अमेरिका भित्रिने ?’
भट्टलाई मेरो प्रश्न ।
‘हो, त्यही बाटो भएर अमेरिका आइयो । अहिले त्यो लक्ष्य कता पुग्यो, यतिखेर चैँ हातमा काम मात्र छ ।’
उनको उत्तर सुनेँ ।
प्राइम पार्कमा एक सरो डुलियो ।
जिउ हल्लाईहल्लाई गफ गरिरहेको अश्वेतहरुको ठूलो हुल थियो ।
‘यी ओबामालाई ज्यान दिने कुरा गर्दैछन् !’
‘भनेपछि राजनीतिमा पोल्टिक्स्………….!’
मेरो उत्तर अन्तिम थियो, त्यसले सबैलाई हँसायो ।
भट्ट छुटे । हामीले ‘भी’ मेट्रो चढ्न केही समय कु¥यौँ । भीड एकदम थियो । तैपनि रेल छोडेनौँ हामी तीनले ।
‘याँ निकै नेपालीहरुको अनुहार भेटिन्छ । भेट्नु भएन ?’
टङ्कले भ¥याङ झर्दा भने मलाई ।
‘त्यस्तै लाग्दैछ मलाई !’
मैले कालो कपाल, नेपाली वर्णका, पहाडे जनजातिका रुपरङ्ग हिस्पानिकहरुको झुण्ड खुब देखिरहेथेँ । अझ रुपौला नारीको सङ्ख्या झन् उल्काको । हन, के बिदी राम्रा यी !
‘एल’ रेल चढ्यौँ हामी ।
भारतीय, हिस्पानिक, कोरियाली र अश्वेत अनुहारका युवायुवतीको रौस उल्कापातको थियो मेट्रोमा । युवकका बलिष्ठ छातीमा आफ्ना सुडौल शरीर लिपिस्सै टाँसेर नाँचिरहेका हिस्पानिकहरु अमिगो, अमिगा बोल्न पनि भ्याउँथे ।
न्युयोर्कमा रेलका सुरुङ त कति हो कति ! रेलको भूमिगत जालोले सारा न्युयोर्क मुस्कुराएको लाग्छ सगर्व । सारा न्युयोर्कको गर्भ त रेलैले भरिभराउ !
‘भाइ हिमाली स्वरहरुलाई खुराक कसरी जुटाउनु हुन्छ ?’
मेट्रोबाट हेल्सेमा उत्रिएपछि मैले प्रश्न राखेँ ।
गहिरिएको छ रात । जाडो छ त्यही अनुसारकै ।
मेट्रो कार्ड घोटेर बाहिर आएपछि भाइ बोले ।
‘इमेल बाहेक विकल्प छैन !’
‘भनेपछि सबथोक यै भाँडो हो ?’
मैले खड्काले बोकेको ल्यापटप देखाएँ । उनी त्यसकै सहायताले ज्योतिषीको काम, चिनाटिपनको काम गर्थे । भाग्य हेर्ने र ग्रहशान्तिको फुकफाक गर्थे खड्का ।
यसो मोडमा हामीले सोडा घुड्कायौँ ।
पश्चिम–दक्षिणतिरको रिजबुड ठाउँ रहेको सहदेवले सुनाए ।
‘यहाँ नेपालीहरुको ठूलो उपस्थिति छ ।’
‘सङ्ख्या कति छ ?’
‘तीन–चार हजारको हुनुपर्छ !’
‘ए !’
‘यहाँ नेपाली मन्दिर बनाउने हाम्रो समाजको कुरा भइरहेछ ।’
‘राम्रो !’
‘हिमाली स्वरहरु मार्फत् मैले पनि सघाइराछु !’
पुरानो टोलजस्तो हेल्सेमा हामी पुग्छौँ ।
रातको एघार बज्यो–घर पस्दा । मधुरो बत्तीमुनि हिमाली स्वरहरुका निम्ति मेरा दुईवटा निबन्ध सहदेवले रेकर्ड गरे मेरै आवाजमा । बाँधिएका हात र भोटेताल्चा, एकादेशमा हाम्रा अनुहार रेकर्ड गरियो अनलाइन रेडियोका लागि ।
न्युयोर्कको यो मध्य शहरको मध्य रात ।
संसारका सबै जातजाति दगुरिरहेको यो शहर । संसारका सबै मानिसले सम्भवतः नाम सुनेको यो शहर । संसारका सबै मानिसले आत्मविभोरसाथ हेरेको यो शहर । संसारका सबै मान्छेका खुट्टाले टेक्न चाहेको यो शहर ।
यस शहरमा निबन्ध वाचन गरिरहेको छु म ।
सहदेव भाइ नेपाली शब्दको प्रचारमा छन् । नेपाली भाव प्रसारमा अहोरात्र लागिपरेका छन् । नेपाली समाजको उकालीओहली बिस्तार गर्न खटेका छन् । त्यस महानगरका अभावमा डलरको जोहोभन्दा पहिचानको प्राप्तिका निम्ति समर्पित छन् निरन्तर ।
‘भाइ, रेडियोको अझै भविष्य छ र ?’
रातोदिन कुदिरहेका न्युयोर्कबासी सम्झेर मैले सोधेँ ।
‘दाइ, मानिसहरु बिस्तारै फर्किरहेका छन् यसको मूल्यतिर !’
उनको आशपूर्ण बोलीमा प्रतिबद्घता थियो ।
हामीले तातो कफी घुट्कायौँ ।
यस बीचमा पुलिस र दमकलको भ्यान चर्को आवाज ओकलेर गए । हामी एक छिन थामियौँ, रेकर्डलाई बाधा परेको ठानी ।
भाइसँग केही दिन अघिदेखि सँगै छु म । पेन्सिलभेनियादेखि भर्जिनियासम्म । फेरि वासिङ्टन डिसीदेखि न्युयोर्कसम्म साथै रहेको थिएँ म ।
निकै लामो त्यस उत्तेजित, भावुक र अनुभूतिमय यात्रामा तिनले बढी प्रश्नहरु गरे साहित्यबारे । सङ्गीतबारे जिज्ञासु देखिए । गीतबारे उत्तर खोजे ।
नयाँ पुस्तक र लेखक सँधै तिनको केरकारमा पर्दा रहेछन् ।
‘मैले देश छोडेकोमा दुःखी छैन । यसै रेडियोले देशभित्र रहेको आडभरोसा मलाई सँधै दिलाउँछ, बुझ्नुभो दाइ !’
सहदेवले ल्यापटपमा रहेको हिमाली स्वरहरुको इमेल आइडीको पासवर्ड लगआउट गर्दै भने ।
न्युयोर्कको रात अझ मात्तिएको थियो । यो शहर नथाकेको देखेर म आफैँ गलेको थिएँ । उसको तरुन्याइँ देखेर उकुसमुकुस भएथ्यो मलाई । ओछ्यानमा भए नि मन पुगेथ्यो धेरै पर–पर ।
न्युयोर्कमा भावुक कवि भएँ म !